नयाँ शक्ति पार्टीलाई सहयोग गर्न अमेरिकामा संस्था गठन, संयोजकमा मेरिल्याण्डका समाजसेवी ज्ञानप्रसाद रिमाल

बाल्टिमोर, अमेरिका/ अगस्त २९,

नेपालमा शान्ति, विकाश र आर्थिक समृद्धिकालागि सहयोग गर्ने उद्देश्य सहित अमेरिकाको न्यु योर्कमा गैरनाफामुलक संस्थाको दर्ता गरिएको छ |

इन्टरनेशनल नेप्लिज सोसाइटी अमेरिका नामको यो संस्थाको संयोजकमा मेरिल्याण्डमा लामो समयदेखि रहदै आउनु भएका ब्यबसायी तथा समाजसेवी ज्ञानप्रसाद रिमाल रहनु भएको छ | त्यस्तै संस्थाको सह संयोजकमा विनय पोखरेल  रहनु भएको छ |

नेपालको नयाँ शक्ति पार्टीलाई प्रवासबाट सहयोग गर्ने उद्देश्यले गठित यो संस्थाको प्रमुख सल्लाहकारमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई र नवराज सुवेदी रहनुभएको छ। यो संस्थाको कार्यक्रम प्रमुख डाक्टर रमेश कुमार आचार्य रहनुभएको छ |

त्यस्तै संस्थाका सल्लाहकारहरुमा शंकर भण्डारी, किशोर पन्थी, केशव भट्टराई, शिव गौतम र डाक्टर जीत जोशी रहनुभएको छ।

 संस्थाका सदस्यहरुमा मेघासिंह अधिकारी, उदय केसी, अनिता सिलवाल, लोकनाथ मिश्र र विभा दवाडी रहनुभएको छ ।

"छिट्टै बृहत भेलाको आयोजना गरिने छ र पूर्णरुपको कार्यसमिति निर्माण गरिनेछ।" अमेरिकाका संयोजक ज्ञानप्रसाद रिमालले द नेपाल टुडेलाई बताउनु भयो | उहाँले भन्नुभयो, "उक्त बृहत भेलामा डाक्टर बाबुराम भट्टराई पनि उपस्थित हुनुहुनेछ |"

अमेरिकामा नेपालका अन्य राजनीतिक पार्टीका संगठनहरु पनि क्रियाशील छन् |

, ,