चलचित्र निर्देशक रोज राणा माथिको आक्रमणमा कांग्रेसको बिज्ञप्ति


काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यालयले आफ्ना पार्टीको प्यूठान क्षेत्र नं. २का क्षेत्रीय कार्यसमितिका सभापति सरोज थापा (रोज राणा) माथि काठमाडौंमा सोमबार भएको आक्रमण शनिवार पत्तो पाएको छ। गत सोमबार काठमाडौँको वानेश्वर स्थित सेन्ट्रल क्याफे अगाडि खुकुरी प्रहार गरी गम्भीर घाइते भइ ग्राण्डी अस्पतालमा उपचार भैरहेको राणाको बारेमा काँग्रेसले ढीलो गरि शनिवार पत्तो पाएको छ।

काँग्रेसले राणामाथि खुकरी प्रहार गरि आक्रमण गरिएको थाहा पाउने वित्तिकै पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिवार विज्ञप्ती निकाली आक्रमण गर्ने समूहको यथाशीघ्र खोजी गरी कडा भन्दा कडा कार्वाहीका लागि माग गरेका छन्। साथै पौडेलले राणाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।


कस्ले खोज्यो रोजको हात छिनाउन? 
चलचित्र निर्माता तथा प्यूठान काँग्रेसका क्षेत्रीय सभापति सरोज केसी उर्फ रोज राणामाथि धारिलो हतियार प्रयोग गरि सोमबार साँझ हात छिनाउने प्रयास भएको थियो। राणामाथि सोमबार साँझ काठमाडौं मध्यबानेश्वरमा रहेको रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी प्रहार गरि हात छिनाउने प्रयास गरेको थियो।

खुकुरी प्रहारबाट राणा गम्भिर घाइते भएका छन्। उनको दाहिने हातमा गम्भिर चोट लागेको छ। उनलाई मीनभवनस्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि पछि हातको शल्यक्रियाको लागि ग्राण्डी पुर्‍याइएको थियो। उनका अनुसार नचिनेका दुई जनाले हात ताकेर खुकुरी हानेका थिए।

घटनामा संलग्न आरोपमा दुई जना पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिएका छन्। राणामाथिको आक्रमण प्रहरी कार्वाहीमा मारिएका दिनेश अधिकारी उर्फ चरिको समुहका मानिसहरुको संलग्नता रहेको बताइएको छ। तर प्रहरीले वयान लिएका व्यक्तिहरुको वयान वाझिएको अवस्थामा पक्राउ परेका व्यक्तिहरुले आक्रमणकारीलाई बचाउने प्रयास गरेको आशंङ्का राणाका सहयोगीहरुले गरेका छन्। पक्राउ परेकाहरुले राणाको एक हात र एक खुट्टा काम नलाग्नेगरि काट्न पाएको निर्देशन अनुसार आफूहरुले आक्रमण गरि गरेको प्रहरीलाई वयान दिएको बताइएको छ। तर निर्देशन दिनेको बारेमा यहि नै हो भनेर आक्रमणकारीले नबताएको प्रहरीले जनाएको छ।