जापानको टोकियोमा नेपाल फ़ेस्टिवल २०१६ को प्रचार प्रचार



बिश्वबन्धु भण्डारी 
जापान
आगामी अगस्त ६ र ७ मा  टोकियोको योगिनी पार्कमा हुने तय गरिएको नेपाल फ़ेस्टिवल २०१६ को प्रचार प्रचारका लागि नेपाली जनसम्पर्क समिति कान्तोको सक्रियतामा चिरासी (प्रचा) बाड्ने काम सम्पन्न भएको छ ।

नेपाल पर्यटन वोर्ड, नेपाली राजदुतावास र जापानमा सक्रिय बिभीन्न सघं सस्थाको सक्रियतामा हुने नवौ नेपाल फेस्टिवलमा जापनिजहरुलाई सहभागीताकालागी आग्रहसहित प्रचा वाडीएको जनसम्पर्क समिति कान्तो सभापति यदुकाम सापकोटाले द नेपाल टुडेलाई जानकारी दिनुभएको छ |

 टोकियोको मुख्य तिन क्षेत्र सिन्जुकु ईकेवुकेरो र उएनोमा  आफुलाई पायक पर्ने ठाऊँमा जनसम्पर्क समिति पदाधिकारी सदस्यहरु र शुभेक्छुकहरु भेला भएर प्रचा वितरण गरिएको थियो |

 नेपाल फेस्टीबल लाई सब्यभब्य बनाउदै सफल पार्नु जापानबासी सबै नेपालीहरुको कर्तब्य रहेको र नेपाल फेस्टीबल लाई प्रचार प्रसार को माध्याम बाट सफल तुल्याउन,जापानी तथा अन्य बिदेसी पाहुनाहरुलाई निम्ता गर्ने उदेश्यका साथ निरन्तर प्रचार अभियान लागिरहेको नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले आफ्ना सदस्यहरु मार्फत यसभन्दा पहिले १००० प्रती बितरण गरिसकेको र अझै कार्यक्रम सम्पन्न नहुदासम्म निरन्तर प्रचारमा लागिरहने सभापति सापकोटाले जानकारी गराऊनुभएको छ |