शंकै संकाको बिच जनसम्पर्क समिती जापानको निर्वाचन सम्पन्न




जापान अगस्त २१,

आन्तरिक खिचातानी आपसी असमझधारीका कारण नेपाली जनसम्पर्क समिति जापानको अधिबेशन निर्बाचनपछि पनि अन्यौलमा फसेको छ |

नेपालवाट स्थानान्तरण गरिने क्रियाशिल सदस्यताको विसयमा बिबाद चुलिएको अवस्था र यस्को समाधान नगरि चुनाव नगराऊन केन्द्रिय कार्यलयवाट पत्र प्राप्त भईसकेकाले निर्वाचन कमिटीले चुनाव गराऊन नसक्ने भन्दै सनिवार चुनाव स्थगित गरिएपछि यो अवस्था आएको हो |

तर हिजो मध्यरातमा निर्वाचन कमिटीका संयोजक महेन्द्र कुमार श्रेष्ठले फेसवुकमा स्टाटस लेखि निर्वाचन हुने जानकारी गराएपछि आईतवार तोकिएको समय र क्षेत्रवाटै चुनाव भएको थियो | निवर्तमान सभापति नारायण सुवेदिले यो चुनाव नगराऊनका लागि विज्ञप्ति निकालेपछि विवाद झन् चुलिएको छ |

 बिवादकै बिचपनि सदस्यहरुले मतदान गरिरहँदा अध्यक्षका ऊम्मेदवार लालवहादुर (रोशन) पक्षकाले मतपत्र च्यातेर नराम्रो व्यवहार गरेको आरोप अर्का अध्यक्षका प्रत्याशी डिपी कडेल पक्षकाले लगाईरहेको छ |

"रोशन पक्षका साथीहरुले सार्है ज्यादती गरे" नाम उल्लेख नगर्ने सर्तमा जनसम्पर्कका एक सदस्यले द नेपाल टुडेसंग बताए |

यता, केसी प्यानलका महामन्त्रीका प्रत्याशी रेशम डंगोलले फेसवुकमा च्यातिएको मतपत्रको फोटो राखेर अव ईलेक्सन गरेर देखाऊ भनेर लेखेको र कडेल प्यानलका केन्द्रिय सदस्यहरु जिवन खड्का र ऊल्लास पान्डेलाई जे पनि गर्न सक्ने धम्किपुर्ण भाषा वोलेको भन्दै कडेल पक्षले आपत्ति जनाएको छ |

एकै संगठनमा बसेर साथी बनेका जापानका कांग्रेसीजनको मित्रता निर्बाचनको माहौलसंगै बढेको तिक्तता अब सत्रुतामा परिणत भएको देखिन्छ |