एउटा अब्बल न्युजिक भिडियो सार्बजनिक

तस्बिर: टिका प्रसाई 
बाल्टिमोर, अमेरिका /अगस्त ३१ 
 सुमधुर स्वरका धनि गायक सन्जिब पराजुली र टिका प्रसाईंको स्वरमा सजिएको निक्कै सुमधुर गीत 'तिमी मलाई मन पर्छ' हालै सार्वजनिक भएको छ। यस गीतमा शब्द-सङ्गीत टिका प्रसाईंको र सङ्गीत-संयोजन गोपाल रसाइलीको रहेको छ।

धेरै समयपछि यति मीठो गीत नेपाली सांगीतिक क्षेत्रमा आएको र यसको म्युजिक भिडियो पनि अब्बल भएको विचार यो भिडियो हेर्नेहरुको रहेको छ।

म्युजिक भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीले निर्देशन गरेका हुन् भने सम्पादन आइ भी एम प्रोडक्सन, अस्ट्रेलियाले गरेको हो । भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणिय दृश्यहरुलाई कैद गरिएको छ |

 रस्ना प्रधान र विशाल भारतीको रोमान्स आँखा नझिम्काई हेर्ने खालको छ, साथसाथै पूर्ण पारिवारिक पनि छ । यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस