अमेरिकाको भर्जिनियामा बिबिध कार्यक्रम सहित बी.पी. को सम्झना गरिने


भर्जिनिया, अमेरिका/ अगस्त २९,

नेपाली जनसंपर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको हालै बसेको बैठकले नेपाली कांग्रेसका संस्थापक, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार स्वर्गिय विपी कोइरालाको जन्मजयन्ती रक्तदान, कविता बाचन र स्वर्गिय कोइरालाको ब्यक्तित्व सम्बन्धी प्रवचन लगायतका विभिन्न कार्यक्रम गर्ने भएको छ ।

च्याप्टर सभापति राम शरण हुमागार्इंको सभापतित्वमा बसेको बैठकले जन्मजयन्ती कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्न विभिन्न समितिहरु पनि गठन गरेको छ । जसअनुरुप सेप्टेम्बर १० तारिख शनिबार रक्त्दान कार्यक्रम गर्न उपसभापति टंक नाथ दाहाल र दिपक राना, कार्यसमिति सदस्यहरु केदार प्रशाद तिम्सिना, बुद्धी प्रसाद पौड्याल र यम कुमार सिटौला रहेको रक्तदान कार्यक्रम समिती गठन गरेको छ ।

त्यसैगरि सेप्टेम्बर ११ तारिखका दिन स्थानिय बुलरन् रिजनल लाइब्रेरी मनास मा विभिन्न संघ संस्थाहरु, संचार माध्यमहरु र विशिष्ठ व्यक्तित्वहरुको सहभागितामा हुने प्रवचन र साहित्यिक कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्न सभापति राम शरण हुमागार्इं, उप सभापति टंक दाहाल र दिपक राना, महासचिव किरण लामा, सदस्यहरु केदार प्रशाद तिम्सिना, बुद्धी प्रसाद पौड्याल र यम कुमार सिटौला रहेकोजन्मजयन्ती बिशेष कार्यक्रम समिती समेत गठन गरेको छ ।

जन्मजयन्ती कार्यक्रममा बिगत बर्षहरुमा झैं डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने दिदिबहिनी र दाजुभाइहरुको उपस्थिति हुनेमा नेजसस अमेरिका भर्जिनिया च्याप्टर विश्वस्त रहँदै नेपाली समुदायको संघसंस्थाका पदाधिकारी सदस्यहरु, संचारकर्मी, साहित्यकार, विद्यार्थीलगायत सम्पूर्णमा सहभागिताको निम्ति हार्दिक अपिल गरिएको छ ।