‘वारि जमुना, पारि जमुना’ का गायकको निधन


‘वारि जमुना, पारि जमुना’ सबै ले सुनेको चर्चित गीत हो | यहि गीतका गायक खेमराज गुरुङको बिहिबार निधन भएको छ।

उनी जन्डिस तथा कलेजोमा देखिएको समस्याका कारण केही समयदेखि चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत थिए।

उनको अवस्था गम्भिर भएपछि एयर एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी पनि स्थगित गरिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

गायक गुरुङको असामयिक निधनले लोकपारखीहरुलाई दुखि बनाएको छ |