यो मन त मेरो नेपाली हो



"यो मन त मेरो नेपाली हो..
जसो गर जे भन जतासुकै लैजाउ मलाई..
यो मन त मेरो.. नेपाली हो"

..सर्वाधिक चर्चित नेपाली सांगीतिक समूह "1974 A.D." को भब्य कार्यक्रम अब हाम्रै शहर बाल्टिमोर, मेरिल्याण्डमा,

भोली सेप्टेम्बर ११ तारीख, आइतबारका दिन बाल्टिमोरको 512 York Rd Towson, Maryland 21204 मा अवस्थित TORRENT को एक भब्य अनि अत्याधुनिक स्टेजमा यस सांगीतिक समूहले आफ्नो लोकप्रिय गितसंगीतहरुले हामी बाल्टिमोर, मेरिल्याण्डवासीहरुलाई भरपुर मनोरंजन दिने भएको छ।

हप्तादिन अघि मात्र नयाँ सदस्यहरु सहितको यस समुहले "हजार सपना" नामक नयाँ एल्बम श्रोता माझ ल्याएका छन र एल्वमको प्रचार प्रसारका लागि अहिले अमेरिकाको सांगीतिक यात्रामा निस्केको छ र यसैको सिलसिलामा बाल्टिमोरमा पनि यस सांगीतिक समुहले आफ्नो कार्यक्रम गर्ने भएको हो।

कार्यक्रमलाई अबिस्मरणिय् र भब्य बनाउन दिनरात जोडतोडले खटिरहेको आयोजक मध्येका एक बिश्व किरण थापा बताउँछन् , जसलाई सहयोगी सुरेश सापकोटा र "मेरिल्याण्डका हामी नेपाली" का साथीहरूले पनि सघाईरहेका छन।

बाल्टिमोर, मेरिल्याण्डमा हुन गैइरहेको बर्षकै उत्कृष्ट 1974  A.D. को सांगीतिक कार्यक्रम हेर्न हामी कोहि पनि नछुटौं, समय मै आफ्नो र परिवारको टिकटहरु किनेर आफ्नो स्थान सुरक्षित राख्नुहुन सम्पुर्ण आदरणीय मेरिल्याण्डवासीहरुमा आयोजकहरुले हार्दिक आव्हान गरेको छ। सेप्टेम्बर १० अगावै अग्रिम टिकट लिने दर्शकहरुलाई प्रत्येक टिकटमा आयोजकहरुले $5.00 को विशेष छुट्को ब्यबस्था पनि गरिएको छ। 1974 A.D को यस कार्यक्रममा स्थानीय नेपाली सांगीतिक समुह "Cn'R" को पनि उत्साहपुर्ण प्रस्तुतिहरु रहने बताईएको छ। कार्यक्रम सम्बन्धि थप बिस्तृत  जानकारीहरु लिएर हामी चाँडै नै आउनेछौं।

कार्यक्रम सम्बन्धि थप जानकारी लागि सम्पर्क:
Bishwo Kiran Thapa: 443-447-0801
Suresh Sapkota: 703-509-1127
Maryland Ka Hami Nepali: 443-675-8889

स्रोत: मेरिल्याण्डका हामी नेपाली,

,