गायक प्रेमराजाले जन्मदिनमा आफ्नै विद्यालयलाई सहयोग गरे



बरिष्ठ लोक गायक प्रेमराजा महतले यस पटकको आफ्नो जन्मदिनको अवसरमा शुक्लागण्डकी-१२ स्थित गुर्दुममा रहेको शुक्ला प्रा वि लाई शैक्षिक सामाग्री सहयोग गर्ने घोषणा गरेका छन् ।

हाल अमेरिका रहेका लोक गायक महतले शारदा प्रा.बि पुनर्निर्माण समितीको सञ्चार संयोजक सन्तोषी श्रेष्ठसंग कुराकानी गर्दै उक्त विद्यालयका विद्यार्थीहरुलार्इ ६० हजार बराबरको मन्टेश्वरी र खेल सामग्री प्रदान गर्ने बताएका हुन् ।

तनहको शुक्लागण्डकी-१२ गर्दुममा जन्मेका महतले आफु जन्मे, खेले, हुर्केको ठाउँको अझै पनि याद आउने बताउदै थोरै भएपनि  सहयोग गर्न मन लागेको बताए ।

लोक गायक महतले यस अघि पनि पूर्ण रुपमा भुकम्पले क्षति पु¥याएको उत्त विद्यालयको पूननिर्माणका लागी १ लाख ६५ रुपैयाँ सहयोग गरेका थिए ।

,