नेपालका ग्रामिण विद्यालयहरुमा कम्प्युटर, इन्टरनेट र सुचना प्रविधीको पहुँच स्थापित गराईने




सेप्टेम्बर १९, डिसी मेट्रो एरिया। इक्वालिटी फाउण्डेशनले आगामी अक्टुवर २, आईतबारका दिन मनाससमा एक कार्यक्रमको आयोजना गर्दैछ। उक्त कार्यक्रममा नेपालका सरकारी माध्यमिक विद्यालयहरुमा कम्प्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याई आधुनिकीकरण गर्ने अभियानमुखी कार्यक्रमको विस्तृत कार्ययोजना सार्वजनिक गर्ने बताईएको छ।

यस महात्वाकांक्षी कार्यक्रमको सफल कार्यान्वयनसँगै हामी सबैले आफु पढेको सरकारी विद्यालयमा 'कम्प्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच स्थापित गराउन र तिनको आधुनिकिकरण गर्न मद्दत पुग्ने' तथा संसारमा बढ्दै गएको 'डिजीटल डिभाईस'को 'ग्याप'लाई परिपुर्ती गर्ने ईक्वालिटी फाउण्डेशनका सिईयो मेदिनी अधिकारीको तर्क छ।

सुचना प्रविधीको उच्चतम प्रयोगले सिंगो संसार नै एउटा गाँउमा रुपान्तरित हुँदै गएको सन्दर्भमा अझै पनि हाम्रो नेपाल जस्तो कम विकसित मुलुकका कैयौ गाउँ र विद्यालयहरु यो अत्यावश्यकीय प्रविधीको  प्रयोगबाट लिन सकिने ज्ञान र फाइदाबाट बन्चित हुन परिरहेको तथा यस्ता जरुरी कार्यक्रमहरुमा सरकार गम्भिर हुन नसकेको डा. महावीर पुनले निष्कर्ष निकाल्नु भएकोछ। ईक्वालिटी फाउण्डेशनले लिएको लक्ष्य पुरा हुँदैगर्दा सबै सरकारी विध्यालय र गाउँहरु 'स्मार्ट स्कुल' र 'स्मार्ट गाउँ'मा रुपान्तरण हुने संस्थाका सह संस्थापक डा. पुनको धारणा छ।

कम्प्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच हुने र नहुनेको बीचमा ठुलो खाडल सिर्जना हुँदै गएको औल्याउँदै त्यस्तो खाडल समाप्त गर्ने उद्देश्यले नेपालका सबै सरकारी विद्यालयहरुमा कम्युटर साईन्स र सुचना प्रविधीको अध्ययन गर्न गराउन जरुरी भएको सिईओ प्रोफेसर अधिकारी बताउनुहुन्छ। करिब छ बर्ष  अघी झापास्थित आफु पढेको सिंहदेवी उच्च माध्यमिक विद्यालयमा यस कार्यक्रमको सफल प्रयोग गरिसकेर उत्साहि बनेका अधिकारीले पाँचथर र बझाँगंमा समेत नमुना कार्यक्रम लागू भैसकेको जानकारी दिनुभयो।

सन् २०१५ को अगष्टमा भर्जिनियाका कंग्रेसमेन डन बायरले पानसमा बत्ती बाल्दै डिसी मेट्रो क्षेत्रमा आयोजित एक कार्यक्रमका बीच आफुसमेत संलग्न रहेको 'ईक्वालिटी फाउण्डेशन' नामक संस्था स्थापनाको घोषणा गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कंग्रेसमेन बायरले संस्थाको उद्देश्य प्राप्त गर्न गराउन आफ्नो तर्फबाट सहयोग गर्न पाएमा आफु खुसी हुने बताएका थिए।

'यस अवधीमा फाउण्डेशनले कार्ययोजना कार्यान्वयनका लागि पुरा गर्नु पर्ने सबै तयारी पुरा गरिसकेको जनाउ दिंदै यही अक्टुबर २ आईतबारका दिन दिनको १:३० बजे मनाससको बेस्ट वेष्टर्नमा हुने विशेष कार्यक्रममा सहभागी बन्न यसक्षेत्रका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा ईक्वालिटी फाउण्डेशनको तर्फबाट हार्दिक अपिल गरिएको छ।


,