एनआरएन आइसीसीकी प्रवक्ता रञ्जु थापासंग अमेरिकाको बाल्टिमोरमा अन्तरक्रिया


सेप्टेम्बर १९ / गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीकी प्रवक्ता रञ्जु थापाले अमेरिकाको बाल्टिमोरका नेपालीसंग अन्तरक्रियात्मक छलफल गर्नु भएको छ |

एनआरएन अमेरिकाको आयोजनामा भएको उक्त कार्यक्रममा एनआरएनका पूर्व र बर्तमान पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो | सहभागीहरु र प्रबक्ता थापाबीच एनआरएनको बिधान, यसको कार्यान्वयन र संस्थाले हाल गरिरहेका कार्यक्रमहरुका बारेमा दोहोरो अन्तरक्रिया भएको थियो |

कार्यक्रममा बोल्दै प्रबक्ता थापाले गैर आवाशीय नेपालीहरुको एकताका कारण संबिधानमा आफ्ना कुराहरु लेखाउन सफल भएको भन्दै यो एकता सधै राखिरहनु पर्ने बताउनु भयो |

कार्यक्रममा एनआरएनका संस्थापक उपाध्यक्ष डा. श्याम कार्कीले संस्थाको महत्व दिनप्रतिदिन बढ्दै गएकोमा खुशी ब्यक्त गर्नु भयो |

उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट पेन्सिल भेनिया तथा मेरिल्याण्ड राज्यका लागि महावाणिज्यदूत एवं एनआरएनए एनसीसीका सल्लाहकार प्रेमराजा महत, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, एनआरएनकी संस्थापक सदस्य ईन्दिरा वन समेतले बोल्नु भएको थियो |

सोहि अवसरमा संस्थाका उपाध्यक्ष डा. श्याम कार्कीले एनआरएनएको पहिलो प्रेस विज्ञप्ति आएसीसीकी प्रवक्ता रञ्जु थापालाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन एनआरएन एनसीसीकी पूर्व महासचिव विष्णुकुमारी थापाले गर्नुभएको थियो ।

"एनआरएनको विधान, यसका विभिन्न गतिविधि, नेपालको संविधान, यसमा गैरआवासी नेपालीको हक अधिकार, एनआरएनएको भूमिका लगायतको विषय स्पष्ट गर्न सो कार्यक्रम अत्यन्तै सफल रह्यो भन्ने विश्वास गरिएको छ ।" कार्यक्रमको सभापतित्व गर्नु भएकी एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापाले द नेपाल टुडेसंग भन्नुभयो | उहाँले कार्यक्रममा बोल्दै एनआरएन अमेरिकाले नेपालको देवघाट परिसरमा असहाय तथा गरिब बृद्धबृद्धाका लागि निशुल्क आवाश योजना अगाडी ल्याएको बताउदै सबैलाई सहयोग गर्न पनि अनुरोध गर्नु भएको थियो |

मेरिल्याण्डको चर्चित नेपाली रेष्टुरेन्ट लुम्बिनी रेष्टुरेन्टमा भएको कार्यक्रमको संचालन एनआरएन अमेरिकाकी पूर्व महासचिव बिष्णु कुमारी थापाले गर्नु भएको थियो |

उक्त अन्तरक्रियाको अध्यक्षता एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापाले गर्नु भएको थियो |


,