पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेर बेपत्ता


काठमाडौँ /
सेप्टेम्बर २५
पूर्वमुख्यसचिव तथा पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ |

घिमिरेसंगै गाडीमा सवार अन्य तीन जनाको शव फेला परेको छ। फेला पर्नेमा घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षकर्मी तथा नाम नखुलेका व्यक्ति रहेका छन् |

पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै बेपत्ता रहेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए।

सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको हो।

दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री थिए।

,