म्याग्दी समाज अमेरिकाको समर पिकनिक भव्यताका साथ सम्पन्न

म्याग्दी समाज अमेरिकाले आयोजना गरेको समर पिकनिक भव्यताका साथ मेरिल्याण्डको बाल्टिमोरमा सम्पन्न भएको छ |  हरेक बर्ष 'लेबर डे' को अवसर पारेर यो पिकनिक गर्ने गरिन्छ |

मेरिल्याण्ड आसपास क्षेत्रमा बसोबास गर्ने सयौं नेपालीको उपस्थितिले पिकनिक मेला जस्तै रमाइलो भएको थियो |

पिकनिकमा नेपाली परिकारहरु राखिएको थियो | साथै पन्चे बाजाको तालमा मानिसहरु नाच्दा पिकनिक झनै रमाइलो भएको थियो |

सोहि अवसरमा भलिबल प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता भएको थियो | साथै, एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका बिद्ध्यार्थीहरुले तेक्वान्दोका बिभिन्न खेलहरु प्रदर्शन गरेका थिए |

पिकनिक भब्य रुपमा सम्पन्न भएको समाजका उपाध्यक्ष अमर छन्त्यालले द नेपाल टुडेसंग भन्नुभयो |

 "कार्यक्रम सफल बनाउन सहयोग गर्ने बाल्टिमोरका व्यक्ति तथा संघसंस्था हरुलाई हार्दिक धन्यबाद सहित आभार ब्यक्त गर्दछु |" समाजका अध्यक्ष रामप्रकाश भण्डारीले द नेपाल टुडे संग भन्नु भयो |

पिकनिक स्थलमा पुगेर द नेपाल टुडेका लागि फोटो पत्रकार चिमखोले ठिटोले खिच्नु भएको केहि तस्बिरहरु प्रस्तुत गरेका छौँ |


तस्बिरहरु: चिमखोले ठिटो












































,