दशैंको अवसरमा कृष्ण ओस्तिको नयाँ गीत बजारमा



बिश्वबन्धु भण्डारी 
जापान सेप्टेम्बर २३ 
नेपाली लोक पारखीहरुका लागि नयाँ लोकगित सार्वजनिक भएको छ पाल्पाको गेझामा जन्मेर काठमान्डौमा कर्म गर्दै आएका नव सर्जक कृष्ण ओस्तीले  दशैँको अवसर पारेर दशैँ गीत "भोको पेट "बजारमा ल्याएका छन् ।

 कृष्ण ओस्ती स्वयमको शब्द सृजना रहेको गीतमा लय सृजना छबि खड्काले गरेका छन् भने आवाजमा यज्ञ बि.क. सँगै सरु बस्नेतले दिएकी छिन् ।

  कृष्ण ओस्ती, अस्मिता तिवारी, ज्ञानराज ओस्ती, पार्वती ओस्ती, मनकली केसी पवन अर्यालको अभिनय रहेको गीतको निर्देशन उदिराम खड्काले गरेका हुन् ।

अमिताभ ठाकुरले क्यामेरामा कैद गरेको उक्त गीतको भिडियो सम्पादन बिरेन्द्र भाट बिपिनले गरेका हुन भने उक्त गीतलाई सत्यवति मिडिया फिलिम्स् प्रा ली ले बजार ब्यबस्थापन गरेको छ ।








गेझाको रमाईलो फाटँमा जन्मेर त्यहि हुर्केका ओस्तीले
'द नेपाल टुडे डटकम' सगँ कुरा गर्दै भनेका छन् : "साङ्गीतिक क्षेत्रमा लाग्ने आफ्नो सानैदेखीको रहर रहेतापनि कहिले कुन त कहिले कुन
समस्याले झमेला गाराउँदा अलिकति ढिलै यो क्षेत्रमा लागेको आभाष भएको छ तर अब यो क्षेत्रमा म पूर्ण रुपमा होमीसकेको छु । अब  म यो क्षेत्रलाई दिर्घकाल सम्म नै आँगाली रहनेछु ।

स्रोता दर्शकको साथ मिल्यो भने फेरि निरन्तर नयाँ नयाँ गितहरु बजारमा ल्याऊने योजना रहेको कृष्ण ओस्ती बताउछन |

गीतको म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला :

,