जनसम्पर्क समिति जापानको विवाद चुलिदै



बिश्वबन्धु भण्डारी

नेपाली जनसम्पर्क समिती जापानमा २ पक्षले समानान्तर समिती वनाएर आफुहरुनै आधिकारीक हौ भन्दै प्रेस विज्ञप्तीहरु निकाल्न थालेपछि जापानमा रहेका कांग्रेस समर्थक सदस्य तथा शुभचिन्तकहरुमा कस्लाई आधिकारिक मान्ने भन्ने बिषयमा अन्यौलता सृजना भएको छ |

 सभापति नारायण सुवेदिले एक प्रेस विज्ञप्ती निकाल्दै लेखेका छन् : "यस समितीको जानकारी बिना बिधान र भावना विपरित नेपाली जनसम्पर्क समितीसगँ अहम र अहंकारपुर्ण मत राखी केहि पात्रहरुवाट कृत्रिम रुपमा अबैधानिक सिन्डीकेट खड़ा गरि अधिवेशनको झुटा अफवाहमा सिगोँ गोरवशाली संस्थाकै वदनाम गर्ने काम गरिएको छ । तथाकथित जनसम्पर्क समितीको नाऊँमा कहिले विभिन्न संघ सस्थाको कार्यक्रममा अतिथि ग्रहण गर्न पुग्ने कहिले काग्रेसको विधान विपरित गतिविधि सन्चालन गर्ने जस्ता निन्दनिस कार्य गरेको जानकारीमा आएकोले पाचौ अधिवेशनवाट वैधानिक रुपमै निर्वाचित कार्यसमिती बाहेक कुनै गुट समुहको प्रभावमा परि समाचार सम्प्रेषण गर्न तथा आफ्ना कार्यक्रममा नवोलाऊन सम्वन्धित सवैमा अनुरोध गरिएको छ |"

यस विषयमा द नेपाल टुडे डटकम सगँको टेलिफ़ोन सम्वादमा सुवेदिले भनेका छन्  "छैठौ अधिवेशन सम्पन्न भई नयाँ कार्यसमितीलाई पद हस्तान्तरण नगर्दासम्म यहि कार्यसमितीले काग्रेसको विधी र बिधान वमोजिम काम गर्नेछ । नेपालवाट स्थानान्तरण भएका क्रियाशिल सदस्यको विषयमा बिबाद चुलिए पछि पार्टी कार्यलयवाटै चुनाव नगराऊनुहुन भन्ने निर्देशन सहितको पत्र आएपछि हामी चुनावी कार्यतालिका रद्द गरेका हौ |"

साथीहरुसगँ सम्वाद गरेर प्रक्रियावाट नै पुन दशै तिहार छुट्टी पछि चुनाव तय गर्ने तयारी रहेको सुवेदिले वताएका छन्  | यता अर्कों डिपी कडेल पक्षले पनि आफुहरु नै नेपाली जनसम्पर्क समिती जापानको बैधानिक कार्यसमिती रहेको दावी गरिरहेका छन्  |

 नवनियुत्त उपसभापति राजेन्द्र जमककट्टेलले हामीसगँको टेलिफ़ोन सम्वादमा भने,  "गत अगस्त २१ तारिख भएको छैठौ अधिवेशनवाट मतदाताहरुको अत्यधिक मतले हामी विजयी भईसकेको अवस्थामा हाम्रो समिति नै आधिकारिक हो | सदस्यता स्थानान्तरणको विषयमा सम्वाद गरेर चुनावमा जाने हामीले पहल गर्दागर्दै  पनि ऊहाँहरुले अन्त्यमा हार्ने डरले चुनाव वहिष्कार गर्नुभएको हो | ऊम्मेदवारी दर्ता तथा शुल्क बुझाएर निर्वाचन प्रक्रिया सुरु भैसकेपछि मध्यरातमा निर्वाचन समितीका संयोजकले राजिनामी दिएपनि अर्का सदस्यकै निर्देसनमा हामी चुनावमा गएका हौ | चुनावको शुन्य समयमा चुनाव बहिस्कार गर्नु र निर्वाचन समितीको राजिनामा दिनै मिल्दैन त्यसैले हामी बिधानसम्वत नै निर्वाचनमा बिजयी भएकाले हामीनै आधिकारी हौ |"


जापानका विभिन्न संघ सस्थाहरुलेपनि हामीहरुलाईनै आधिकारीक मानेर अतिथि वनाऊन थालिसकेको र मतदाताहरुको विश्वास हामीमा नै भएकोले कसैको भ्रममा नपर्न जापानका कांग्रेसी कार्यकर्ता तथा शुभचिन्तकहरुमा जमककट्टेलले आग्रह गरेका छन् | २०१६ मे १५ मा जापानको टोकियोमा नारायण सुवेदिकै सभापतित्वमा वसेको वैठकले "यस समितीको कार्यकाल २०१६ मे ३१ मा समाप्त भई आजको निर्यय अनुसारनै यो समिती अधिवेशन आयोजक समितिमा परिणत हुने भन्ने निर्णय भईसकेकाले फेरि नारायण सुवेदिको कार्यसमितीलाई नै आधिकारीक मान्न सकिदैन | मरेको मान्छेलाई व्युताऊन सकिदैन सम्वाद र प्रक्रियावाट सम्पुर्ण विवादहरु सुल्झाऊनुपर्छ |" जमककट्टेलले भने |

,