मिस शुक्ला गण्डकी सिजन- २ का सहभागीद्वारा विद्यालयलाई सहयोग



तनहुँको शुक्लागन्डकी १२ गुर्दुम स्थित शारदा प्रा बि का विद्यार्थीहरुलाइ मिस शुक्ला गन्डकी सिजन २ को समूहले सहयोग तथा अवलोकन कार्यक्रमको आयोजना गर्दै २५ हजार बराबरको स्कुलको स्वीटर, कपडा, शैक्षिक र खेलकुद सामग्री सहयोग गरेको छ। 

उक्त सहयोग कार्यक्रमका संयोजक संचारकर्मी सन्तोषी श्रेष्ठ , मिस शुक्ला गन्डकीका आयोजक एम्बिनेसन फेसन होमका संयोजक दिपा पुन,प्रबन्ध निर्देशक प्रबिन पुन,कोरियोग्राफर आकाश पुन सङै मिस शुक्ला गन्डकी सिजन २ का सम्पुर्ण प्रतियोगीहरुले दुलेगौंडा देखि पैदल यात्रा गर्दै गुर्दुम गाउँ पुगेर उक्त सहयोग गरेका हुन।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अन्जु श्रेष्ठको समापतित्वमा भएको उक्त सहयोग कार्यक्रममा प्रमुख अतिथी एम्बिनेसन फेसन होमका संयोजक दिपा पुनले सौन्दर्य प्रतियोगिता सङै प्रतियोगीहरुलाइ फिल्ड भिजिट सङै सहयोग कार्यक्रममा सरिक गराउदा उनिहरुलाइ सकारात्मक सोचका साथ समाज सङ नजिक बन्दै सामाजिक गतिबिधी र परिस्थिति नियाल्दै सामाजिक कार्यमा क्रियाशिल रहनको लागि सहयोग पुग्ने हुनाले उक्त कार्यक्रमको आयोजना गरेको बताउनु भयो।

उक्त कार्यक्रम प्रतियोगिताहरुको लागि निकै लाभकादयक ,प्रभाबकारी बन्नुका साथै शुक्लागन्डकीकै दुर्गम र आर्थिक स्थित कम्जोर भएका बालबालिकाहरुलाइ सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताउनु भएको थियो।साथै, उक्त योजनामा पुन समाज, एकता युथ क्लब,गाछेपानी र पाइला कम्प्युटर सेवा पोखराले पनि सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो।


त्यस्तै उक्त विद्यालयको पुनर्निर्माण सञ्चार सम्योजक तथ सहयोग कार्यक्रमकि संयोजक सन्तोषी श्रेष्ठले भुकम्पले भत्किएको उक्त स्कुलमा भवन पुनर्निर्माण पश्चात् विद्यार्थीहरु ढुक्क साथ पढ्ने बाताबरण भए पनि विद्यार्थीहरुको पारिवारिक स्थिती कम्जोर हुदा राम्रो सङ पढ्न समस्या भएको जानकारी विद्यालयकि प्र.अ शर्मिला अधिकारीले दिएपछी उक्त स्कुलमा सहयोगको लागि मिस शुक्ला गण्डकीको प्रतियोगीको लागि उक्त कार्यक्रम प्रभाबकारी बन्न सक्ने लागेपछि आयोजक समूह सङ छलफल गरि उक्त कार्यक्रमको योजना बनाएको बताउनु भयो।साथै कार्यक्रममा एक संयोगको प्रसङ राख्दै श्रेष्ठले नेपालको बरिस्ठ लोक गायक प्रेम राजा महतको जन्मस्थल गुर्दुममा कार्यक्रम हुँदै गर्दा असोज ६ गते नै उहाको जन्म दिन परेकाले उहालाइ सुभकामना दिदै महतले उक्त स्कुलका विद्यार्थीहरुलाइ ६० हजार बराबरको मन्टेश्वरी र खेल सामग्री प्रदान गर्ने घोषणा अमेरिकाबाटै आफू सङको टेलीफोन सम्वादमा गरेको जानकारी दिनुभएको थियो।


महतले आफ्नो गाउको स्कुल भुक्म्पले भत्किए पछि पुनर्निर्माणको लागि पनि १लाख ६५ रुपैया सहयोग गर्नु भएको थियो।त्यस्तै कार्यक्रममा उपस्थित सबैले हाल अमेरिका निवासी महतलाइ जन्मदिनको सुभकामना सङै उक्त सहयोगको लागि धन्यवाद दिएका थिए।कार्यक्रममा आदिवासी जनजाति महासङ शुक्लागन्डकीका अध्यक्ष डिल बहादुर थापा ,स्याङ्जालि थर आमा समूह गुर्दुमकि अध्यक्ष राम माया श्रेष्ठ लगायतले भुकम्प पछि विभिन्न समस्यामा झेलिएको आफ्नो गाउँको स्कुलमा सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो। त्यस्तै मिस शुक्लागन्डकि सिजन २ कि प्रतियोगी अस्मिता थापा र सिजन १ कि फस्ट रनरअप निश्मा श्रेष्ठले उक्त यात्रा र कार्यक्रम आफूहरुको लागि प्रभावकारी उपयोगी बनेको र सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भएको थियो।