'मर्यादा एल्बम यात्राको पहिलो देउराली'



''''''''''''मर्यादा एल्बम यात्राको पहिलो देउराली
गीतकार टीएन रेग्मी तथा संगीतकार प्रकाश नेपालीको एकल गीतसंगीत रहेको गीतिसंग्रहमर्यादासार्वजनिक भएको शुक्रबार राजधानीमा आयोजित एक समारोहमा गीतकार डा. कृष्णहरि बराल संगीतकार राजु सिंहलगायतले गीतिसंग्रह सार्वजनिक गरे

गीतिसंग्रहमर्यादाका गीतको समीक्षा गर्दै डा. बरालले टीएन रेग्मी नेपाली संगीत क्षेत्रमा आशालाग्दो गीतकारका रूपमा आएको बताए उनका गीतमा कलाकारहरुले आफ्नो स्वरबाट न्याय गरेका बरालको भनाइ थियो यस्तै, संगीतकार सिंहले संगीतको समीक्षा गर्दै गीतसंगीत कर्णप्रिय बनेको बताए गीतकार रेग्मीले नेपाली गीतसंगीतमा लगानी गर्दा प्रतिफल नआउने जानकारी हुँदाहुँदै कृतिका रूपमा गीतिसंग्रह ल्याएको बताए  
मर्यादा गीतिसंग्रहलाई बिन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो बिन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले नेपाली गीतसंगीतबाट राम्रो कमाइ हुने भए पनि आधिकारिक स्रष्टाले रोयल्टी नपाएको सीमित व्यक्तिको कब्जामा रोयल्टी रहेकाले टीएनजस्ता स्रष्टाहरू पीडित बन्नुपरेको बताए
यो गीतिसंग्रहमा माया नेपाली…, थाहै हुन्न…, आँधीखोले सोल्टीज्यू…, यादै नआए तिम्रो…, माया मैले तिमीलाईबोलका ओटा गीत छन् यी गीतमा शिव परियार, रिमा गुरुङ, जुनु रिजाल, मदन सेन्चुरी, विश्व नेपाली सुमिना लोको स्वर रहेको कार्यक्रममा एल्बम तयार पार्न योगदान गर्ने कलाकार तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो