संविधान -अन्जना पौडेल (अनुश्रुती )



संविधान
तिमी नेपालीको
पोल्टामा आयौ !
घर आँगनमा छायौ !!!
कसरी आयौ
के के कोशेली
लिएर आयौ !
सपाङ्ग आयौ !
अपाङ्ग आयौ !
बैशाखी टेक्दै आयौ
आत्मनिर्भर कि परनिर्भर
क कस्को मन
खुसीले रंगाउन अयौ !
वा दुःख र निरासी
उदासी दिन आयौ ?
आगो बनेर आयौ कि ?
आयौ पानी बनेर !
बिहानी बनेर आयौ ?
आयौ साँझ बनेर !
आज लामो
पट्याइ लाग्दो
प्रतीक्षाको फल
वेल बनेर
संविधान तिमी
तिमी नेपालीको
पोल्टामा आयौ
घर आँगनमा छायौ !!!