कालो पोथीको विशेष प्रदर्शन मेरिल्याण्डमा भव्यतापूर्वक सम्पन्न




पुर्ण सिंह बराईली 
सेप्टेम्बर १९, मेरील्याण्ड ।

 नेपाल अमेरिका फिल्म सोसाइटी(NAFS)को आयोजनामा  नेपाली चलचित्र 'कालो पोथी' को विशेष प्रदर्शन अमेरिकाको मेरिल्याण्ड राज्यको ग्रीनबेल्टमा भव्यतापूवक सम्पन्न भएको छ ।

नेपाली राजदुतावास अमेरिकाको तर्फबाट  कैलाश पोखरेलको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि महावाणिज्य दुत प्रेमराजा महत,विशेष अथिति पुर्व न्याय परिषद सदस्य तथा वरिष्ठ अधिवक्ता उपेन्द्र केसरी न्यौपाने, एनआरएन एनसिसि अमेरिकाका उपाध्यक्ष रविना थापा अथिति रहनु भएको थियो।

प्रमुख अतिथि कैलाश पोखरेलले निर्देशक मिन बहादुर भामलाई मायाको चिनो उपहार प्रदान गरि सम्मान गर्नु भएको थियो । उपस्थित अतिथिहरुले निर्देशक भाम र कार्यक्रममा उपस्थित कालो पोथिका निर्माता उपेन्द्रजंग शाहीलाई स्वागत गर्नु भएको थियो । चलचित्रको प्रदर्शनपछि निर्देशक भामसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अतिथिहरुले चलचित्रलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए । अति प्रतिष्ठित ओस्कर अवार्डको विदेशी भाषा विधामा  नेपालकोतर्फ छनोट भएको उक्त चलचित्र हेर्न पाउँदा उपस्थित सवै उत्साहित भएका थिए ।

विशेष प्रदर्शन कार्यक्रममा एनआरएन मेरिल्याडका अध्ययक्ष जेदु पोखरेल, नासो कम्युनिटी अमेरिकाका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा,तनहु अमेरिका सोसाइटीका महासचिव कृष्णजीबी पन्त, नेपाली जनसंपर्क समिति मेरिल्याण्डका अध्यक्ष राजेन्द्र सेन्चुरी, स्पोर्ट तथा कल्चर क्लवकी अध्यक्ष सीता पाण्डे, एनआरएन आई सि सि मानव सहायता सहयोग समिति सदस्य राजन त्रिपाठी, युनाइटेट स्याङजा समाजका अध्यक्ष गजेन्द्र अर्याल लगायत विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्ति तथा वाशिङटन डि.सी. मेट्रोक्षेत्रवासीहरुको उपस्थित रहेको थियो।

तस्बिर: पुर्ण सिंह बराईली






,