नेपाली भाषामा ड्राईभिङ्ग परीक्षा दिन पाउने सुविधाको खुशियालीमा बाल्टिमोरमा कार्यक्रम


मेरिल्याण्ड सेप्टेम्बर १९ /

अमेरिकाको मेरिल्याण्ड राज्य सरकारले नेपाली भाषामा ड्राईभिङ्ग परीक्षा दिन पाउने सुविधा प्रदान गरेको खुशियालीमा बाल्टिमोरमा एउटा कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा मेरिल्याण्ड राज्य सरकारका तर्फबाट यातायात व्यवस्था प्रशासन Motor Vehicle Administration (MVA) हेर्ने अधिकारीहरुलाई सम्मान पनि गरिएको थियो |

एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरको आयोजनामा उक्त कार्यक्रम भएको थियो |

आगामी अक्टोबर ३ तारिखवाट प्रयोगमा आउने गरी  मेरिल्याण्ड राज्य सरकारले उक्त सुविधा दिएको हो |

"यो सुविधाले अंग्रेज़ीमा राम्रो दख्खल नभएका तर अमेरिकामा रहेका धेरै नेपाली भाषी (नेपाली, भूटानी, वर्मीज, भारतीय) लाई धेरै सहयोग पुग्ने छ।" एनआरएन मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष बिनोद उप्रेतीले कार्यक्रममा बताउनु भयो |

एनआरएन अमेरिकाको मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदु पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा यातायात व्यवस्था प्रशासन Motor Vehicle Administration (MVA) की प्रमुख क्रिष्टिना नाइजर, एमभीएका प्रबक्ता चक ब्राउन, अमेरिकाका लागि नेपाली दुताबासका प्रतिनिधि कैलाशराज पोखरेल, अवैतनिक महाबाणिज्य दुत प्रेमराजामहत, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, मेरिल्याण्ड राज्यका गभर्नरको कार्यालयका लागि साउथ एशियन अमेरिकन अफेयरका कमिसन तथा बरिष्ठ समाजसेवी डा. श्याम कार्की, डेमोक्र्याटिक पार्टीका नेता ह्यारी भण्डारी, एनआरएन अमेरिकाकी उपाध्यक्ष बन्दना कोइराला, एनआरएन अमेरिकाका केन्द्रिय सदस्य शिवराज पौडेल, नेपाल अमेरिका पत्रकार संघका निबर्तमान अध्यक्ष गौतम दाहाल, बाल्टिमोरका सामाजिक संघसंस्थाका तर्फ म्याग्दी समाजका अध्यक्ष रामप्रकाश भण्डारी, भुटानी नेप्लिज समितिका अध्यक्ष के.एन उप्रेती लगायतले बोल्नु भएको थियो |

कार्यक्रमको संचालन उपाध्यक्ष बिनोद उप्रेतीले गर्नु भएको थियो भने सहभागीहरुलाइ सचिव अर्जुन हमालले स्वागत गर्नु भएको थियो |

कार्यक्रम बाल्टिमोरको प्रसिद्ध नेपाली रेष्टुरेन्ट 'नमस्ते बाल्टिमोर' मा भएको थियो |

,