जनसम्पर्क समिति जापानको अधिबेशन सम्पन्न


 जापान
विभिन्न उतारचढावका विच जापान स्थित नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशन सम्पन्न भएको छ।

हिजो टोकियोमा एक समारोहका विच २ वर्षका लागि निर्वाचित कार्यसमितिको सपथ रहण कार्य सम्पन्न भएसँगै छैठौँ अधिवेशन औपचारिक रूपमै सम्पन्न भएको बताईएको छ। उता निर्वाचनको अन्तिम समयमा वहिष्कारमा उत्रिएको एउटा समुहको असन्तुस्टि भने कायमै रहेको जनाईएको छ।

निर्वाचन सम्पन्न भईसके पश्चात् निर्वाचन समितिका संयोजक महेश श्रेष्ठले राजीनामा दिएसँगै निर्वाचन समितिका तर्फबाट ज़िम्मेवारी लिदैं मतगणना कार्य सम्पन्न गराउनुभएका निर्वाचन समिति का सदस्य मुक्तिराम खनाल(विनोद) ले नवनिर्वाचित कार्यसमिति लाई सपथ  खुवाउनु भएको जनाईएको छ। सपथग्रहण समारोहमा भने डि.पी.कंडेल नेतृत्वको निर्वाचित कार्यसमितिका अधिकांश सदस्य, जनसम्पर्क समिति जापानका तर्फबाट नेपाली काँग्रेसका तेह्रौँ महाधिवेशन प्रतिनिधिहरू सुभाष लोहनी, पासागं शेर्पा, राजेन्द्र जम्मरकट्टेल, पुर्व संयोजक भूपिगोविन्द श्रेष्ठ, पूर्व महाधिवेशन प्रतिनिधि कपिलदेव थापा, बुद्धिजिवि गणेश नेपाल लगाएत थुप्रै अग्रज तथा समर्थक र सुभेच्छुक हरूको उल्लेख्य उपस्थिति रहेको जनाईएको छ।

सपथ ग्रहण लगत्तै बसेको कार्यसमितिको पहिलो औपचारिक बैठक बसेको थियो। बैठक लगत्तै छोटो प्रतिक्रिया दिदैँ नवनिर्वाचित सभापति कंडेलले अहिले देखिएको विवादलाई छिट्टै समाधान गरि सबै पक्षलाई सँगै लिएर अघि बढिने र असन्तुस्टि प्रकट गरिरहनु भएको भनिएका साथीहरू पनि छिट्टै सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो।

बैठकले छैठौं महाधिवेशन का क्रममा देखापरेको विवाद लाई समाधान गर्न पाँच सदस्यीय एक विवाद समाधान समितिको गठन गरेको छ। जसमा सुभाष लोहनी,भूपिगोविन्द श्रेष्ठ,पासागं शेर्पा,राजेन्द्र जम्मरकट्टेल र पुष्कर जंग थापा रहेको बताईएको छ।