पशुपति शर्माले दुबईका दर्शकलाई मज्जाले नचाए (भिडियो सहित)



श्रीकृष्ण भट्टराई 
 दुबई
गायक पशुपति शर्माले दुबईका आफ्ना दर्शक श्रोतालाई  मज्जाले नचाएका छन् ।
स्यांग्जा सहयोग समाज  यू ए  ई  ले बर दुबईमा रहेको होवार्ड  जोनसन  होटेलमा गत  शुक्रबार आयोजना गरेको तीज कार्यक्रममा गाएक शर्माले आफ्ना चर्चित गीतहरु क्याम्पस पड़न आउने , झम झम दर्कियो पनि लगाएत आफ्ना तीजका  भाका नाचिदेउ मैया , हेरन हो बटुली, जाम भने जान्छौ र माया, बुहारी सुत्केरी भैछ जस्ता आफ्ना हिट  गीत गाएर  दर्शकलाई  नचाएका थिए ।

उनलाई  हेर्न कै लागि भएनी आएका दर्शक श्रोताहरु पशुपतिले गाउदा सबै उठेर नाच्न लागेसी खचाखच भरिएको हलमा दर्शक समाल्न आयोजकलाई हम्मे हम्मे परेको  थियो । कार्यक्रमका  लागि उनि संगै लोक गायीका दुर्गा माया गुरुङ समेत आएकी थिईन । उनको प्रस्तुतिले पनि दर्शक मज्जाले झुमाएको  थियो ।

उक्त  कार्यक्रममा यू ए ई मै  रहदै आएका गायक गायीका नारायण न्यौपाने , अर्जुन न्यौपाने , होमनाथ कुँवरको साथमा सानी  बैनी दिया कुँवरको नृत्यबाट  पनि दर्शकले भरपुर मनोरंजन लिएका थिए ।