नयाँ शक्ति नयाँ समयको माग अनुसार अघि बढेको छ-बाबुराम भट्टराई


  बिश्वबन्धु भण्डारी
जापान 

जापानको टोकियोमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक  डा.बाबुराम भट्टराई को प्रमुख आतिथ्थतामा "नेपालको समग्र विकास र समृद्दिको लागी प्रवासी नेपालीहरुको भूमिका तथा आवस्यकता " बिषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ |

कार्यक्रममा बोल्दै डा भट्टराईले भन्नुभयो- "अवको लहर समृद्द  हो । त्यसैले समृद्द नेपाल का लागि नेपाल र नेपाल बाहिरका सम्पुर्ण नेपालीहरुको सहभागिताको आवश्यकता छ । हामीले गर्मी र चिसोलाई महसुस गरेर लुगा लगाउनु पर्छ । यदि चिसोमा लगाउने लुगा गर्मी र गर्मीमा लगाउने लुगा चिसोमा लगायौ भने पक्कैपनि हाम्रो स्वस्थ्यले थेग्न सक्दैन । त्यसैले हामी समयको माग अनुसार अगाडी बढीरहेका छौ । हामी सफल हुन्छौ र हुनु पर्छ |"

उक्त कार्यक्रममा नयाँ शक्ति नेपालका प्रवास प्रादेशिक परिषद संयोजक नवराज सुवेदी , कार्यकारिणी सदस्य कृष्ण  शर्मा अन्तराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संयोजक विनोद पौडेल अन्तराष्ट्रीय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना लगायतले आ आफ्ना तर्कहरु राख्नुभएको थियो उक्त कार्यक्रमा एन.आर.एन केन्द्रिय उपाध्यक्ष  भवन भट्ट , नेपाली जनसम्पर्क समिती जापानका सभापति डि पी कडेल,माओबादी केन्द्र , र एमाले लगायतका दलका भातृ संगठनका प्रतिनिधिहरुले पनि आफ्नो तर्कहरु राख्नुभएको थियो वोल्ने अधिकासं वक्ताहरुले नयॉं शक्तिलाई शुभकामनासहितको मन्तव्यपनि राख्नु भएको थियो ।



,