कलाकार सन्तोष पन्तको यौन दुर्व्यवहारको रहस्य खुल्यो

पत्रकार सम्मेल गर्दै महिला सन्जाल धरानका पदाधिकारीहरु ।
धरान : हास्य कलारकार सन्तोष पन्तले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत सुरक्षा महिला मजदुरमाथि गरेको यौन दुव्र्यहारको घट्नाको वास्तविकता भने आइतबारमात्रै खुल्न आएको छ । पन्तले गरेको यौन दुव्र्यहारको घट्नालाई पीडितलाई न्याय दिलाउनको सट्टा मिलापत्र गराउन कही राजनीतिक दलको नेताको दबाव र पत्रकारको नै भुमिका रहेको खुल्न आएको हो ।

प्रतिष्ठानको महिला सुरक्षा गार्डमाथि भएको यौन दुव्र्यवहारको ढाकछोप गर्न संचारकर्मीले ठुलो भुमिका खेलेको महिला सञ्जाल धरानका अध्यक्ष शिला वज्राचार्यले ठुलो भमिका रहेको आरोप लगाएको छ । महिला सन्जालले आईतबार धरानमा पत्रकार सम्मेलन गर्दे यौन हिंसा पिडित महिलालाई न्याय दिलाउनुको साटो त्यतिकै घटनालाई सामसुम पार्न संचारकर्मी चन्द्रमणी कट्टेलले भुमिका निर्वाह गरेको सन्जालले आरोप लगाएको हो ।

महिला सञ्जालले भने आफूहरु आफ्नो अडानमा नरहनुमा आफ्नो त्रुटी भएको स्वीकारेका छन् । घटनालाई अन्तिम मोडसम्म पु¥याएर पीडितलाई न्याय दिलाउने प्रयास गरे पनि प्रतिष्ठानका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, पीडक भनिएका केटिएमका रामेश्वर साह र केटिएमकै ब्रान्ड एम्बेस्डर समेत रहेका पन्तले अगाडि नै ड्राप्ट तयार गरी मिलेमतो गर्ने अग्रिम योजना बनाएको पनि सहमति पत्रमा आफूहरुले सही गरेर चुकेको स्वीकारेका छन । सञ्जालकी अध्यक्ष बज्राचार्यले कटटेलकै कारण आफुहरु पीडितलाई न्याय दिलाउने क्रममा आफूहरु चुकेको बताए। प्राविधिक रुपमा आफूहरुले यो मुद्धामा गल्ति गरे पनि महिला सञ्जालले जानेर नभई विभिन्न समूहको राजनीतिकरणका कारण यो मुद्धामा चुकेको स्पष्ट पारेको छ ।

घट्ना भएदेखि नै पीडित महिलालाई न्याय दिलाउन भरमग्दुर कोसिस गरेको बताउदै घट्नाले मिलापत्रसम्मको मोड लिने र महिला सञ्जाललाई फुटाउने काम समेतमा कट्टेलको भुमिका रहेको आरोप समेत लगाईएको छ । त्यसैगरि सन्जालकी सदस्य सुनिता केसीले धरानको हिमालयन पेट्रोल पम्मा आफुहरुलाई भेटेर केस मिलापत्रमा जानको लागि ड्राफ्ट तयार भईसकेको कट्टले वताएका थिए । उनका अनुसार यौन दुव्र्यहारको केस अदालती मुद्धामा जाने भइसकेको भन्दा हैन केस अव मिल्छ भनेर कट्टेले भनेका थिए ।

सम्मेलनमा बोल्दै सञ्जालकी सहसचिव मञ्जु भण्डारीले आफूहरुलाई पत्रकार चन्द्रमणि कटेलले महिला सञ्जाल फुटाउन ठूलो भूमिका खेलेको र त्यसको प्रमाण आफूसंग कट्टेलले गरेको फोन वार्ताको रेकर्ड रहेको बताउनुभयो ।घटनालाई अन्तिम मोडसम्म पु¥याएर पीडितलाई न्याय दिलाउने प्रयास गरे पनि प्रतिष्ठानका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाई, पीडक केटिएमका रामेश्वर साह र ब्रान्च एम्बेस्डरले अगाडि नै ड्राफ्ट तयार गरी मिलेमतो गर्ने अग्रिम योजना बनाएको पनि सन्जालले पत्रकार सम्मेलनमा जनाएको छ ।

भदौ ३० गते पन्त र साहले गरेको दुव्यवहार गरको आरोप पीडित महिला सुरक्षाकर्मीले लगाएकी थिइन् । सोही विषयमा प्रतिष्ठानमै पत्रकार सम्मेलनको आयोजना गरी पीडितले न्याय पाउन चौतर्फी अनुरोध गरेपश्चात यो घट्नाको जिम्मा महिला सञ्जालले लिएको थियो ।

पीडितलाई न्याय दिलाउने विषयमा जोडदार पहल गरेपनि अन्ततः प्रमुख जिल्ला अधिकारीको रोहवरमा पीडित, आरोपित व्यक्ति र प्रहरी प्रशासनको रोवहरमा घट्ना मिलाइएको थियो । मिलापत्रमा केटिएम प्रमुख रामेश्वर साहले घटनाको जिम्मेवारी लिँदै माफी मागेर भविष्यमा यस्तो घटना दोहोरिन नदिने, कार्यक्षेत्रमा लैंगिक संवेदनशीलतालाई ध्यान दिने र महिला गार्डहरुको रोजगारीको सुनिश्चितता गर्ने भनेपछि पीडितले चित्त बुझाउनु परेको थियो । स्रोत: नयाँपेज