एनआरएनए साउदी अरबको स्थापना दिवसमा नेपाली संघ संस्थाहरुद्वारा उद्दार तथा राहत कोष स्थापना


अरुण चापागाईं
सेप्टेम्बर १६ / साउदी अरब

साउदी अरबमा  NRNA, RCC जेद्दाले यही शुक्रबारको दिन NRNA, RCC जेद्दाको स्थापनाको पाँचौ बार्सिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रम एनआरएनए  जेद्दाका सभापति भिम गुरुङको सभापतित्व तथा नेपाली दूतावास साउदी अरबका महा बाणिज्य दुत रेबती रमन पौडेलको आतिथ्यमा भएको थियो।

कार्यक्रमका अवसरमा साउदी अरेबियामा स्थापना भएका सात नेपाली संघ संस्थाहरुले आपसमा समन्वय गर्दै अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्न उद्दार तथा राहत कोष स्थापना गरिएको जानकारी दिइएको थियो।

कार्यक्रममा राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष ध्रुव रिजाल लगायतले मन्तब्य राख्नु भएको थियो |

प्रथम चरण अतिथि ग्रहण तथा स्वागत र मन्तव्य कार्यक्रम समाप्तिपछि, दोस्रो चरणको सास्कृतिक कार्यक्रममा स्थानीय ख्याति प्राप्त गायक, गायिका, नृत्यकार तथा कमेडियन कलाकारहरू द्वारा बेजोड प्रस्तुति गरिएको थियो | सो अवसरमा दर्शकहरु ताली बजाउदै,नाच्दै निकै उत्साही भएर मनोरंजन लिएका थिए।


, ,