अमेरिकाको बाल्टिमोरमा नेपाली कथानक चलचित्र परदेशी प्रदर्शन हुने


बाल्टिमोर / सेप्टेम्बर २९

अमेरिकाको बाल्टिमोरमा नेपाली कथानक चलचित्र परदेशी प्रदर्शन हुने भएको छ |

 बाल्टिमोरमा रहेको चर्चित नेपाली रेष्टुरेन्ट 'नेपाल हाउस' मा उक्त चलचित्र प्रदर्शन हुने छ | चलचित्रका निर्देशक नारायण रायमाझी स्वयं सो कार्यक्रममा उपस्थित हुनुहुने छ | रायमाझीका पुराना साथी तथा बरिष्ठ लोक गायक प्रेमराजा महतले यो कार्यक्रमको आयोजना गर्नु भएको हो | चलचित्रका निर्माता रायमाझी संगै बसेर चलचित्र हेर्न पाउने यो अवसरको सदुपयोग गर्न  पनि महतले आग्रह गर्नु भयो |

अमेरिकाको टेक्सास राज्यमा क्रिकेट खेल्न आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उनको टिमको सहयोगार्थ यो कार्यक्रम गरिने कार्यक्रमको आयोजना गर्नु भएका प्रेमराजा महतले द नेपाल टुडेलाई बताउनु भयो |

अहिले यो चलचित्र देश विदेशमा अति नै मन पराईएको चलचित्र हो | विदेश जानु पर्ने नेपालीको बाध्यता र बिदेशीएपछि भोग्नुपर्ने पीडाको यथार्थ चित्रण चलचित्रले गरेको छ | विदेश बस्नेहरुले यो चलचित्र एक पटक हेर्नै पर्ने चलचित्र समिक्षकहरुको भनाई छ |

 यस बर्षको दशैंको कोशेलीका रुपमा यो चलचित्र बजारमा ल्याएको रायमाझीले सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु भएको छ |

बरिष्ठ संगीतकार र लोक गायकका रुपमा ख्याती प्राप्त रायमाझीले यस अघि चलचित्र गोर्खा पल्टन चलचित्र सफलतापुर्बक निर्देशन गरिसक्नु भएको छ | चलचित्र परदेशीमा गोर्खा पल्टनकै मुख्य कलाकार तथा इन्डियन आईडियल प्रशान्त तामांगले प्रमुख भूमिका निभाएका छन् |







, ,