प्रचण्डको भ्रमण सफल भएको छ, सरकारले भारतको सहयोग पाउँछ : अशोक मेहता (अन्तर्वार्ता)



नेपाल मामिलाका जानकार मानिने भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको र प्रचण्ड सरकारले भारतको मद्दत पाउने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सम्बन्धमा नेपालबाट संचालित लोकान्तर डटकमका पत्रकार सुशील पन्तले शनिवार राती दिल्लीको ताज होटलमा मेहतासँग संक्षिप्त कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण कस्तो रह्यो ? 

मैले कसरी हेरेको छु भने, अग्रेजीमा भन्छ नि ‘ट्रान्सफर्मेटिभ’ प्रधानमन्त्री प्रचण्डजीले भाषणमा पनि भने कि हिन्दुस्तान र नेपालबीच विगतमा ‘मिस अन्डरस्ट्याडिङ’ भयो । अहिले मात्र होइन प्रचण्डजी सन् २००८ मा प्रधानमन्त्री हुँदा त्यो समयबाट भएको हो । त्यो समयमा भारत र माओवादी पार्टीको प्रधामनन्त्रीबीच राम्रो सम्बन्ध थिएन, यो सबैलाई थाहा भएकै कुरा हो । आठ वर्षपछि दोस्रो पटक प्रधानमन्त्री बनेर आउँदा प्रचण्डजी परिवर्तनको बाटोमा आइपुगेका छन् । त्यो परिवर्तन प्रचण्डजीले गराउने हो, यीनको कार्यकाल नौ महिना छ, यो अबधीमा नेपाल भारत सम्बन्धलाई अलि माथि उठाउन सक्नु पर्छ । पहिले जुन स्थानमा थियो त्यो भन्दापनि माथि लैजानु पर्छ । प्रचण्ड स्वयम्ले भनेजस्तै सम्भावना पनि छ र चुनौती पनि ।

भारतले यसपटक नेपालको संविधानलाई स्वागत गरेको हो कि होइन ? यदी होइन भने भारतले अझैपनि संविधानको स्वागत गर्न किन हिच्किचाएको ?

त्यो कूटनीतिको कुरा हो । तराई मधेशको राजनीतिक समस्या जुन छ, त्यो अझैपनि सम्वोधन भएको छैन । संविधान संशोधन भएको छैन । भारत सरकारले कूटनीतिक तरिकाले संविधानको ‘वेलकम नोट’ गरेको छ पूरै स्वागत गरेको छैन्, यो सरकारको कुरा हो । मलाइ लाग्छ, संविधान संशोधन भएपछि तपाइले स्वागत गरेको सुन्न पाउनु हुनेछ ।
जब तराई मधेश र जनजाती (जस्तो अशोक राई, उपेन्द्र यादव)हरुले संविधानलाई स्वीकारेका छैनन् । प्रचण्डजीले समावेशी नेपाल भन्नु भएको छ, संविधान पनि समावेशी हुनुपर्छ ।

संविधान कार्यान्वयन गरेर नेपालमा तोकिएको समय अर्थात जनवरी २०१९ मै चुनाव हुनेमा तपाईँ विश्वस्त हुनुहुनछ ?

डेढ वर्षमा तीनवटा चुनाव गरिसक्नु पर्नेछ, एउटा लोकल, प्रदेश र संसदीय निर्वाचन । प्रचण्डजीले मसँगपनि भन्नु भएको छ, २०१९ जनवरी सम्ममा आफूले पाएको जिम्मेवारी पूरा गराउछु । त्यसपछिको जिम्मा शेरवहादुर देउवाको हो । अहिलेको समीकरण छ, त्यो नौ–नौ महिनाको यो पूरा । मलाई लाग्छ, भारतको सहायताले तोकिएको समयमै चुनाव होला ।

नेपालमा संघीयताको कार्यान्वयन कतिको सहज देख्नु हुन्छ ? संघीयताबाट नेपाल पछि हट्ने सम्भावना पनि देख्नु हुन्छ ?

नेपाल अब संघीयतावाट कसरी व्याक हुन सक्छ ? अहिलेको संविधानमा संघीय व्यबस्था लेखेको छ, व्याक ट्याक कसरी हुनसक्छ ? त्यो त जनताले निर्णय गर्ने कुरा हो नि । यो जनताले गरेको निर्णय हो, संविधान कार्यान्वयन भइसक्यो । नेपाल अब संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रवाट पछाडि फर्कन सक्दैन । संघीयता कार्यान्यन भइसकेको छ ।

यतिबेला नेपालसँग भारतको मुख्य चासो के हो ?

जस्तो प्रचण्डले बहुत सही कुरा गर्नु भएको छ कि नेपाललले भारतको ‘इन्टेस’लाई उसको हितमा काम गर्छ । अनि जो ‘इन्टेस’ नेपाल छ, त्यसमा भारतले मद्दत गर्नुपर्छ । दुबै देशले एक अर्काको म्युचुअल इष्टेष्टलाई मध्यनजर राख्नु पर्छ ।

तपाइले नेपालमा चिनियाँ गतिबिधि बढेको भन्न खोज्नु भएको हो ?

चिनियाँ सरकारको गतिविधि पहिलेदेखि भएको छ नेपालमा । नेपालमा चीनको गतिविधले भारतको चासोमा नोक्सान पुगोस् भनेर नेपालले सोच्नु पर्छ । नेपाल सरकारले दुइवटा इकोनोमीको फाइदा उठाउन सक्छ ।
चिनियाँ रेल काठमाडौ हुँदै भारतको सीमा लुम्बिनीसम्म आउने कुरा भएको छ । यसको ‘मिलटरी कनटेसन र सुरक्षा कनटेसन’ छ, चाइनलाई रेल किन चाहियो, नेपालमा मार्केट छैन । नेपालमा उसको केही मार्केट छ ? किन चाहियो रेल ? कनेक्टीभिटी र ‘वेल्ड रोड’को कुरा छ । रेल र रोड भारतको ल्याउन भारतसँग कुरा हुनुपर्छ । बेल्ट रोडको कुरा चाइना र भारतले कुरा गर्नुपर्छ । अनि भारत र नेपाललै कुरा गर्नुपर्छ । दुईवटाले वार्ता गर्नुपर्छ ।

अन्त्यमा, फेरि एक पटक प्रचण्डको भारत भ्रमणलाई सफल भन्न मिल्छ नि होइन ?

मेरो बिचारमा सफल भन्नु पर्छ नि । किनकी प्रचण्ड २००८ मा आएको समय पछिको ८ वर्षमा ठिक दिशामा लागेको छ । यसपटक प्रचण्डको सरकारले भारतको पुरा साथ र मद्दत पाउला भन्ने लाग्छ, जुन पहिला थिएन ।

तस्बीर स्रोत : द हिन्दु 
अन्तरबार्ता स्रोत: लोकान्तर डटकम

,