म्याग्दीका बाढीपिडितलाई अमेरिकामा सहयोग संकलन


गत सेप्टेम्बर १ तारिखका दिन म्याग्दी जिल्लाको बेग्खोलमा गएको बाढी पहिरोका पिडीतहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले अमेरिकाको बाल्टिमोरमा सहयोग संकलन कार्यक्रम सम्पन्न भयो |

म्याग्दी समाज अमेरिकाको आयोजना र समाजसेवी दम्पति निलम गर्बुजा तथा शितल पुनको संयोजनमा सहयोग संकलन कार्यक्रम सम्पन्न भएको थियो | कार्यक्रमबाट झन्डै पाँच हजार डलर संकलन भएको छ |

कार्यक्रममा म्याग्दी समाजक अध्यक्ष रामप्रकाश भण्डारी, उपाध्यक्ष अमर छन्त्याल, सचिव  इन्द्र थापा, पूर्व अध्यक्ष पारसमणि श्रेष्ठ, कोषाध्यक्ष आशा पुन, पूर्व उपाध्यक्ष अर्जुन शाही, कमल भण्डारी,  मन रोका, जग पुन, भविश्वर पुन, देब रिजाल, हेम छन्त्याल, सबी थापा, सन्दिप रोका, राज पुन, गँगा छन्त्याल, गोबिन पुन लगायतले बोल्नु भएको थियो |

उक्त बाढी पहिरोमा परेर ठुलो मात्रामा धनजनको क्षती हुनुका साथै १३ घर-परिवारको बस्ति तहस नहस बनाइदिएको कुरा सो अवसरमा जनाकारी गराईएको थियो |

"एक्ले थुकी सुकी सयले थुकी नदि"  हुने विश्वासका साथ हामीले सबै मिलेर उक्त दैबी प्रकोपबाट प्रभावित सर्बसाधारणहरुलाइ सहयोग गरौ र उनीहरुको दुखिरहेको घाउमा मलम लगाऊँ भनेर यो कार्यक्रम गरेका हौँ |" निलम गर्बुजाले द नेपाल टुडेसंग भन्नु भयो |

उठेको मध्ये केहि रकम म्याग्दीकै देविस्थानमा गएको पहिरोबाट पिडित भएका परिवारहरुलाइ पनि सहयोग गरिने आयोजक निलम गर्बुजाले बताउनु भयो |

यता, म्याग्दी समाजले अबदेखी यस्तै भैपरी आउने समस्याहरुको लागी आकस्मिक कोषको पनि स्थापना गरेको छ | सोहि दिनबाट शुरु भएको आकस्मिक कोषमा अहिलेसम्म  करिव दुई हजार डलर संकलन भईसकेको छ |

 अबदेखि नेपाल तथा गृह जिल्लामा यस्तै दैवी प्रकोपबाट हुने क्षतिका लागि यो कोष प्रयोग गरिने छ | साथै, कस्तो घटनामा कति रकम सहयोग गर्ने भन्ने बारेमा बृहत रुपमा सामुहिक छलफल गर्ने र एउटा बिधि बनाएर अगाडी बढ्ने कुरा भएको संस्थाका उपाध्यक्ष अमर छन्त्यालले द नेपाल टुडेलाई बताउनु भयो | सधै समस्या परेपछि पैसा उठाउनु भन्दा एउटा नियमित कोष संचालन गर्ने बिषयमा बैठकमा छलफल भईरहेको बेला समाजसेवी कमल भण्डारीले आफ्नो तर्फबाट एक सय डलर निकालेर कोष खडा गर्न पैसा दान गर्नु भएको थियो | लगत्तै देब रिजालले अर्को एक सय डलर थप्नु भएको थियो र अरुहरुले रकम बोल्ने क्रम शुरु भएको थियो |







,