मन्त्री गगन थापाले गरे ओलीको प्रशंसा


काठमाडौँ :  नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेसभित्र प्रभावशाली रुपमा स्थापित भइरहेको कृष्ण सिटौला समुहले शुक्रबार संपादक र बरिष्ठ संचारकर्मीसँग राष्ट्रिय संकट र समाधानबारे परामर्श छलफल  उनले एमाले अध्यक्ष ओली नेपालको समस्या समाधानमा गम्भीर रहेको बताउँदै प्रशंसा गरेका हुन् ।

उनले ओलीसँगको भेटमा भएको लामो छलफल प्रसंग राख्दै  ‘उहाँ समस्या समाधान गर्न गम्भीर रहेको’ पाएको बताए । गगनले भने,‘मैले एमाले अध्यक्ष तथा पूर्बप्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग वार्ता गरें  । उहाँ संविधान कार्यान्वयन गरी समस्या समाधान गर्न निकै गम्भीर रहेको पाएं । उहाँ मुलुकप्रति अति चिन्तित हुनुहुन्छ । उहाँमा त्यस्तो दृष्टिकोण पनि छ ।’

गगनले सिटौलालगायत आफूहरु समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्न लागिपरेको र त्यसमा सफल हुने बिश्वाससमेत राखे । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली तयार रहेको समेत उनले बताए ।

उनले छलफलमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेका मन्त्री थापाले देशलाई दुर्घटनामा जान नदिनका लागि अहिलेको शक्ति सन्तुलन फेरेर भए पनि चुनाव गर्नुपर्ने बताए । थापाले यसको थप व्याख्या गरेनन् । तर, उनको संकेत सरकारको नेतृत्व हेरफेर गरेरै भए पनि एमालेलाई समेत एक ठाउँमा ल्याउनुपर्छ भन्ने देखिन्थ्यो ।

शुक्रबार तीनकुनेस्थित रोयल बेङ्क्वेटमा आयोजित कृष्णप्रसाद सिटौला समूहको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापा पनि उपस्थित थिए, नयाँ पेज डटकममा खबर छ |।