त्रिशुलीमा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको कुशको प्रतिरुप बनाएर अन्त्येष्टी


काठमाडौं : छ दिनदेखि त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे फेला नपरेपछि आफन्त कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।

एक सातासम्मको खोजीपछि पनि नभेटिएका  पूर्वगृहमन्त्री घिमिरेको परिवारले उनको निधन भएको विश्वास गरी कुशको प्रतिरुप बनाएर  आमा चैतन्यकुमारीको शवसँगै पशुपति आर्यघाटमा कुशको शव बनाएर  पनि अन्त्येष्टि गरेको हो । चैतन्यकुमारीको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिएका थिए। उनैले कुशको शवमा पनि दागबत्ती दिए।

पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो। घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप आइतबार त्रिशूली नदीमा खसेको थियो।

मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट आइतबार त्रिशूलीमा खसेको गाडी अझै बेपत्ता छ। घिमिरेसँगै उनका दुई भाइ पनि बेपत्ता छन्। दुर्घटना आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले, घिमिरेका निजी सुरक्षाकर्मी सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव त्यसैदिन फेला परेको थियो।
स्रोत: नयाँपेज 

,