कोरियामा हामी नेपाली मिलेर बसेका छौं -सुशील गाहा मगर

तस्बिर: फेसबुकबाट 
कोरियाको एउटा चर्चित नेपाली संस्थाको नाम हो - नमस्ते पाल्पा परिवार | यो संस्थाको हालै सम्पन्न अधिबेशनले पहिलाका अध्यक्ष सुशील गाहा मगरलाई सर्बसम्मतिले फेरी अध्यक्षमा छानेको छ | फेरी अध्यक्ष भएपछि गाहा मगरसंग द नेपाल टुडेका प्रधान सम्पादक सतिश चापागाईंले कुराकानी गर्नु भएको थियो | सोहि कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं :


शुशिल जी ! नमस्ते पाल्पा दक्षिण कोरियाको अध्यक्षमा पुन: निर्वाचित हुदा कस्तो लागिरहेको छ ?

पुन: अध्यक्ष हुन पाउदा खुशि नै छु तर बिदेशको ठाउमा कामको व्यस्तताले समय दिन सकिन्न कि भन्ने चिन्ता त लागेको छ तर साथीहरुले जिम्मेवारी दिनु भएकोले काम गर्न थप हौसला मिलेको छ ।

यो नमस्ते पाल्पा समाज कस्तो संस्था हो ? पाल्पालीलाई मात्र सहयोग गर्छ की अरुलाई पनि ?

नमस्ते पाल्पा परिवार बिशेष गरि बिदेशमा रहेका हामी नेपालीहरु एकजुट भई बिदेशमा रहेका नेपालीहरुको सुखदु:खमामा हातेमालो गर्दै नेपालमा पनि सरसहयोग अनि बिकासनिर्माणका लागि जुटौं भनि २०११ सालमा लक्षिण कोरियामा रहेका पाल्पालीहरुले खोलेको संस्था हो |
यसले सहयोग पाल्पालीहरुलाई मात्र गर्छ भन्ने हुदैन आपतबिपतमा परेका सबैलाई सकेको सहयोग गर्दछ र गर्दै पनि आईरहेको छ ।

कुन उद्देश्यले यसको स्थापना गरिएको हो ?

बिशेषत यसको स्थापना हामी  पाल्पाली तथा नेपालीहरु आफ्नो देश छाडि बिदेशमा छौं | बिदेशमा रहदा भाषिक तथा आर्थिक समस्या आउछन | त्यस्तो बेलामा सरसहयोगपनि होस् र बिदेशमा देखे सिकेका नया प्रबिधि तथा आफ्नो गाउठाउमा भित्र्याउन पनि सकियोस भनी लक्ष्य सहित स्थापना गरेका हौँ |

तपाईहरुले गर्नु भएका केहि राम्रा कामहरु बताईदिनु हुन्छ की ?

म अघिल्लो पटक यो संस्थाको चौथो अधिबेसनले  अध्यक्ष बनाएको थियो | अध्यक्ष हुनुभन्दा अगाडि पनि संस्थाको सचिब भएकाले पुराना कामहरुलाई निरन्तरता अनि सम्पन्न गर्नु पर्ने जिम्मेवारि भएकाले तिनै सम्पन्न गरियो | जस्तो की सिदार्थ राजमार्गको बुटवल पाल्पा सडकमा रोड कन्भेक्स मिरर राख्यौं | जुन नेपाल तथा बिदेशमा अझै चर्चामा रहेको छ |

ती कामहरुले के राम्रो प्रभाव पार्यो त ?

काम गरेपछि उपलब्धि त हुनै पर्यो | जुनसुकै कामको गुण अबगुण त हुन्छ नै तर पनि काम त गर्नैपर्छ | बिग्रिन्छ भत्किन्छ भनेर काम गर्न त छाड्नै भएन | बिशेषत मैले भन्दा पनि संस्थाले गरेका कामहरु हुन सबै मिलेर अगाडी बढ्दा अति खर्चिला बिरामिहरु सन्चो हुनु भएको छ | रोड कन्भेक्स मिररबाट पनि राम्रै रेस्पोन्स आएको छ |

तपाईले अबको कार्यकालमा के गर्ने योजना बनाउनु भएको छ ?

अबको कार्यकालमा दोस्रो चरणको रोड कन्भेक्स मिरर नेपाल भित्राउने र नया आयमुलक कार्य गरि संस्थालाई अगाडि बढाउने लक्ष्य छ | हेरौं सबैको साथ र सहयोगको अपेक्षा लिएको छु।

दक्षिण कोरियामा नेपालीका समस्या के-के हुन् ?

दक्षिण कोरियामा आएर बिदेशिले गर्ने ९० प्रतिशत काम भनेका सामान्य कामहरु नै हुन | यहाको समस्या भाषा एउटा हो अनि कम्पनि परिबर्तन हुदा खान बस्न लगायत थुप्रै अरु पनि छन् | यहाँ आएर बिरामी पर्ने, अकालमा मृत्यु हुने समस्याहरु छन | र, आत्महत्या गर्ने समस्याहरु पनि देखा परेका छन् ।

अरु संस्थाहरुले कत्तिको सहयोग गरेको पाउनु भएको छ ? आपसमा कत्तिको सहयोग आदानप्रदान हुने गर्छ ?

दक्षिण कोरियामा नेपालीका थुप्रै संघसंस्थाहरु छन | अहिलेसम्म सबैको साथ र सहयोग पाएकै छु। अप्ठेरो परेको बेलामा हामी सबै मिलेर समस्या समाधान गरेका छौं | धेरै संस्था हुनुको फाईदा पनि हुन्छ | धेरै संस्था भएपनि कोरियामा हामी नेपाली मिलेर बसेका छौं

झन्डै कति संस्था होलान कोरियामा ?
दक्षिण कोरियामा गैर आवाशीय प्रवासी संघ(nrna ncc ) लगायत अरु धेरै राजनितिक, जातिय, धार्मिक तथा क्षेत्रिय गरि करिब एक सयको सेरोफेरोमा संस्थाहरु छन होला | तर कृयासिल भने करिब पचास प्रतिशतको हाराहारिमा छन्।

,