बाबुराम भन्छन् - लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्छ


काठमाडौँ : नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन्।

जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाद्वारा आयोजित भेटघाट कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै भट्टराईले आफ्नो दलले ल्याएको पाँच 'स' को अवधारणमा भ्रष्टाचारप्रति शून्य–सहनशीलतासहितको सुशासन/सदाचार पनि रहेको स्मरण गराए।

उनले भ्रष्टाचार भएको हो भने निष्पक्ष छानबिन गर्नुपर्ने तर प्रचार मात्रै गर्न खोजिएको हो भने खारेज गर्नुपर्ने बताए।

भट्टराईले अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा स्वतन्त्र लोकपाल गठन गरी यस्ता भ्रष्टाचारको विषयमा छानबिन गरी मुद्दा हाल्नुपर्ने आवश्यकता औँल्याए। आफू जापानबाट फर्किएपछि स्वतन्त्र लोकपाल गठन गर्ने र त्यसले मुद्दा हाल्ने उनले बताए। पहिलोपोष्ट डटकमले यो खबर छापेको छ |

, ,