देवघाटको गलेश्वर बृद्धाश्रमलाई सुबिधा सम्पन्न बनाउन एनआरएन अमेरिका अगाडी बढ्यो


बाल्टिमोर / सेप्टेम्बर २९

अमेरिका । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालको देवघाटमा रहेको गलेश्वर बृद्धाश्रमलाई सुबिधा सम्पन्न गराउने बिषयमा आफ्नो कार्य प्रारम्भ गरेको छ |

परिषद्को हालै सम्पन्न कन्फरेन्स कल बैठकमा समितिभित्र बाटै झन्डै दश हजार डलर सहयोगको घोषणा भएको उपाध्यक्ष तथा यो बिषयलाई अध्ययन गर्ने जिम्मेवारी पाउनु भएकी रविना थापाले द नेपाल टुडेलाई बताउनु भयो |

केहि समय अगाडी एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना थापा र एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेले देवघाटको वृद्धाश्रममा गई स्थलगत अध्ययन भ्रमण गरिसक्नु भएको छ |

"त्यहाँका बृद्धबृद्धाहरुले सार्है दु:ख पाउनु भएको छ | हामीले ठोस कार्य प्रारम्भ गरिसक्यौं | अब सहयोगी मनहरु बाट सहयोगको आवश्यकता छ |" उपाध्यक्ष रविना थापाले भन्नु भयो |

 एनआरएन अमेरिकाले त्यहाँ रहेका असक्त तथा वृद्धवृद्धाहरूलाई कम्तिमा सहज रुपमा खाना खाने र बस्न सुत्न मिल्ने आश्रमको ब्यबस्थापन गर्ने सोच बनाएको छ |  एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलको सभापतित्वमा चलेको कन्फरेन्स कल बैठकको संचालन महासचिव तिलक श्रेष्ठले गर्नु भएको थियो |

यहि सम्बन्धमा अध्ययन गर्न उपाध्यक्ष रबिना थापा नेपाल गएका बखत त्यहाँको अवस्था झल्काउने गरी तयार पारिएको भिडियो सामग्री प्रस्तुत छ:

, ,