रिजवुड नेपाली समाजको दशैं कार्यक्रम सम्बन्धि सूचना


"धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः"

आदरणिय दाजु-भाइ तथा दिदी-बाहिनीहरु
सादर नमस्कार !
विजयादशमी २०७३ को शुभ उपलक्ष्यमा नवदुर्गा भवानीले सबैको कल्याण गरुन भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।


विजयादशमीको अवसरमा न्युयोर्कमा रहेको नेपालीहरुको एक मात्र मन्दिर दुर्गा मन्दिरमा नवरात्र धुमधामका साथ मनाउने कार्यक्रम रहेको जानकारी गराउन पाउँदा अत्यन्त खुशी भएका छौं ।

दशैंको पहिलो दिन घटस्थापनाको दिन रिजवुड नेपाली समाजले सधैं झैं यस बर्ष पनि दुर्गा मन्दिरमा धूमधामले पूजा-आजाका साथ जमरा राखिने भएको हुनाले अश्विन १५ गते तदनुसार अक्टोबर १ तारिख शनिवार बिहान ७:४५ बजे घटस्थापना र साँझ ८:३० बजे जमरा राख्ने कार्यक्रम रहेको ब्यवहोरा जानकारी गराउन चाहान्छौं साथै घरघरमा जमरा राख्न सबैलाई अनुकुल नमिल्ने कुरालाई मध्यनजर राख्दै न्युयोर्क बासी सबै नेपालीहरुलाई पुग्ने गरी मन्दिरमा जमरा राखिने कुराको अवगत गराउन चाहान्छौं ।

पुनश्च:
नवदुर्गा भरी मन्दिर हरेक दिन बिहान ७:३० बजे देखि १२:३० बजेसम्म  र बेलुका ८:०० बजेदेखि ९:३० बजेसम्म खुला रहनेछ । घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र बिजयादशमी (टिका) को दिन बिहान ७:३० बजे देखि बेलुकी ९:०० बजेसम्म दिनभरी नै मन्दिर खुला रहने कुराको जानकारी गराउन चाहान्छौं । नवरात्री भरी पुजा-आरधना, आरती, दुर्गा सप्तचंडी पाठ एवम हवन गरिनेछ।

धन्यबाद
दुर्गा मन्दिर
रिजउड नेपाली समाज