बाल्टिमोरमा नेपाली चलचित्र छक्का पन्जा प्रदर्शन हुने


कास्की समाज अमेरिकाको सहयोगार्थ बाल्टिमोरमा नेपाली चलचित्र छक्का पन्जा प्रदर्शन हुने भएको छ |

चलचित्र देखाउने सम्पूर्ण तयारी भईसकेको आयोजक कास्की समाजले जनाएको छ | अमेरिकाका बिभिन्न स्टेटहरुमा चलचित्र देखाउने क्रममा बाल्टिमोरमा पनि प्रदर्शन हुन लागेको हो |

अक्टोबर १६ तारिखको दिन साँझ ८ बजेबाट शुरु हुने शो हेर्न आउनु हुन मेरिल्याण्ड र वरपरका सबै जना नेपालीहरुलाई आयोजक संस्था कास्की समाजका अध्यक्ष कुलप्रसाद गुरुङले निमन्त्रणा गर्नु भएको छ |

टिकट शुल्क १५ डलर छ |

,