युवा संघका अध्यक्ष राजीव पहारी जापान आउदै

बिश्वबन्धु भण्डारी
जापान 

जापानमा रहेका नेकपा एमाले समर्थक तथा कार्यकताले विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएका छन |

 युवा संघका अध्यक्ष राजीव पहारिले सम्वोधन गर्ने भनिएको चियापान कार्यक्रम सेप्टेम्बर २२ तारिख बिहीवार साढे २ बजेदेखि टोकियोको जेआर कामता स्थित ओता कुरिचु सोहिमा सेकाचु सेन्टरमा हुने भएको छ ।

नेपालका विभिन्न जिल्लाहरुबाट जापानमा अध्ययन–अध्यापन , व्यापार व्यबसाय, तथा रोजगारीको शिलशिलामा जापानमा आइ बसोबास गरिरहे एमाले समर्थित कार्यकर्ताले एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना भर्ने भएको हो ।

जापानमा नेपालीहरुको आगमन दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा नेकपा एमाले समर्थकहरुको आगमन पनि बृद्धी भईरहेको तथा पुराना सक्रिय अग्रज बुद्धिजीवहरुको सक्रियता न्युन महसुसगरी अग्रज बुद्धिजीवहरुको पहल र प्रबासी नेपाली मञ्च जापान,टोकियो कमिटिको आयोजनामा चियापान कार्यक्रम हुन लागेको हो ।

चियापान समारोहमा सहभागी हुन युवा संघ नेपालका अध्यक्ष राजीव पहारी भोली टोकियो आईपुग्ने जनाईएको छ । साथै सो कार्यक्रममा सहभागि हुन प्रबासी नेपाली मञ्च टोकियो कमिटीले सबैलाई अनुरोध गरेको छ ।


, ,