अमेरिकाको मेरिल्याण्डमा नेवा अर्गनाईजेशनले मनायो भब्य इन्द्रजात्रा


शिब राज जोशी
बाल्टिमोर, अमेरिका 
सेप्टेम्बर, २२ /
हरेक बर्ष झै यस वर्ष पनि नेवा अर्गनाइजेसन अफ अमेरिकाले यँया पुन्हि अर्थात् ईन्द्र जात्रा म्यारिल्याण्डको ब्ल्याक हिल रिजनल पार्कमा धुम धामका साथ सम्पन्न गरेको छ। सधै झै यस बर्षमा पनि नेपालीहरु र बिदेशीहरुको उलेख्य जन सहभगिताहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा अध्यक्ष राम लाल श्रेष्ठ ज्युले स्वागत मन्तब्य राख्नु भएको थियो भने नेपाल राजदुताबासबाट उपस्थित मुख्य अतिथिका रुपमा पाल्नु हने आर्थिक अधिवक्त्ता कैलाश राज पोखरेल ज्युबाट  आफूले यस कार्यक्रममा उपस्थित हुँदा ज्यादै खुशी लागेको र नेपालको गाउँ घर र बिशेष गरि काठमाण्डौलाई सम्झने गरि उस्तै किसिमको कार्यक्रम हेर्न पाउँदा आफु असाध्यै खुसी भएको बताउनु भयो।

सधै झै यस बर्ष पनि जिबित देबी कुमारी, लाखे र पुलु किसि यस यँया पुन्हिको मुख्य आकर्षण रहेको थियो नै, तर यस बर्ष भने थप आकर्षनका रुपमा अष्ट मात्रिका नाच, गणेश कुमारी भैरब नाच  पछि यँया पुन्हि, कुमारी, र लाखेका ३ वटा छुट्टा छुट्टै नाटकको पनि प्रदर्शन गरिएको थियो।

बरिष्ठ नृत्य निर्देशक यज्ञ मान शाक्य ज्युको भनाई:

आफ्नो देशबाट टाढा बिदेशमा रहेर अफ्नो धर्म, कला, संस्कृती बचाउनु पर्छ भन्ने नेपालीहरुको चाहना यस येंया पुन्हिमा उपस्थित भिडले प्रष्ट पारिदिएको छ। आफुले लाखे बनेर मनोरंजन दिँदै आएको र साथसाथै यसपाली थप आकर्षनका निमित अष्ट मात्रिका नाच पनि देखाइएको र गणेश कुमारी भैरब नाच पनि सो कार्यक्रममा देखाउन पाउँदा आफुलाई खुशी लागेको बताउनु भयो।

नाटक परिकल्पना तथा निर्देशन नेवा स्कलर बासव राजोपाध्यायको भनाई:

अमेरिकामा  यँया ( ईन्द्र जात्रा) को अबसरमा पहिलो पटक प्रदर्शन गरिएको यो ऐतिहासिक  नाटकद्वारा अझ बढी बुझ्न र बुझाउने अबसर प्राप्त भयो र साथै नाटकमा जिवन्त अभिनय गरी नाटकलाई सफल तुल्याऊने सम्पूर्ण कलाकारहरूलाई मन देखि हार्दिक कृतज्ञता ब्यक्त गर्दछु । आफ्नो पहिचानलाई अमेरिकामा जिवन्त राख्न यस्ता प्रकारका सांस्कृतिक कार्यक्रमहरूले सहयोग पुर्याईरह्को हुन्छ ।


अध्यक्ष राम लाल श्रेष्ठ ज्युको भनाई:

यस पटकको यँया पुन्हिमा बिगतको बर्षहरुमा भन्दा पनि उल्लेखिय संख्यामा अमेरिकाको बिभिन्न राज्यबाट जनसहभागीहरुको ऐतिहासिक  उपस्थिति रहेको थियो। नेवा अर्गनाइजेसनको मुख्य उद्येश्य आफ्नो कला संकृतिलाइ बिदेशमा पनि जिबित राख्नु रहेको र यस्तै थप अरु पनि बिभिन्न कार्यक्रमहरु गर्दै बिदेशका नेपाली-अमेरिकन र यहाँका अमेरिकन बासी सामु देशलाई चिनाउने र पर्यटकिय बिकासमा सघाउ पुर्याउने कोशिस रहेको समेत बताउनु भयो। यस ऐतिहासिक  यँया पुन्हिलाई अबलोकन गर्न उपस्थित नेपाली तथा अमेरिकनबाट भरपुर मनोरंजन लिनुभएको प्रतिकृया सुन्न पाउँदा आफू थप उत्साहित भएको र आउँदा बर्षहरुमा पनि यस यँया पुन्हिको पर्व धुनधाम सित मनाउन अमेरिकाका बिभिन्न नेवार संघ संस्था सित समेत सहकार्य गर्दै जानु पर्ने धारणा द नेपाल टुडेलाई राख्नु भयो।

कार्यक्रममा उपस्थित सबै जनसहभागिररुलाई नेवार परम्परागत भोजको समेत निशुल्क ब्यवस्था गरिएको थियो भने कार्यक्रमको अन्त्यमा राफल खेलको समापन गरिएको थियो।

तस्बिर स्रोत: ASH फोटोग्राफी  र केहि फेसबुकबाट
























,