यमराज सँग जम्काभेट भएको दिन -महेश भट्टराई

महेश भट्टराई
मेरो हातबाट Mount Everest  लेखिएको CD  भूईमा खस्यो। जब कोठामा प्रवेश गरे बेड खाली थियो । मन भरङ्ग भयो । संगै बसेर  Mt. Everest Movie हेर्ने  promise  पुरा गर्न सकिन । उसलाई  Mt. Everest हेर्ने ठुलो धोका थियो । मैले सोधे यो बेडको मानिस खै " उसको हिज राति मृत्यु भयो ।"

 म स्वास्थ्य छेत्रमा  काम गर्ने मानिस अमेरिका आए देखि नै आफ्नै फिल्ड मा काम गर्ने अबसर पाईयो  । खासगरी  क्यान्सर   र Hospice unit मा काम गर्दा मृत्युलाइ राम्ररी नजिक बाट बुझ्ने र  महशुश गर्ने मौका पाए। कति मानिसको मृत्युको अनुभूति, डर, पिडा , छटपटी रोइ कराइ र हार गुहार सुनेको छु। कति मानिस आफ्नै अगाडी मृत्युको अंगालोमा गएको  देखेकोछु।

कति लाई आफ्नै हातले पोको परियो होला। कति लाई अंगालो हालियो । कति संग सगै रोइयो। धेरै धेरै कथा ब्यथाहरु थुपारिएकाछन् छन् यस मन भित्र । कालको नजिक पुगे पछि सबैले मनका कुरा भित्रै बाट खोल्दा रहेछन ।

म आजकल धेरैजसो Hospice  unit  मा काम गर्छु , जहाँ मनिस आफ्नो जिवनका अन्तिम दिनहरु बिताउन आउछ्न । काल वा यमराज कुर्न आउने मनिसहरु सँग ! जहाँ आउन पनि ३ वटा specialist Doctor ले त ६ महिना भित्र मर्दैछस भनि सिफारिस गर्नु पर्छ ।

 एक जना बिरामी धेरै चिन्तित र छ्ट्पटा इरहेको थियो । कारण सोधे, उसको हातमा Car र Appartment को चावी थियो, बुझाउने कोही मानिस नपाएर छटपटाइरहेको रहेछ।  घरवाट  Emergency 911 call   गरेर अस्पताल  गएको रहेछ। ऊ २ हप्ताको  अस्पताल  बसाइ पछि सोझै  hospice unit को लागि योग्य भएछ, Diagnosis : terminal third stage cancer.

एक बिरामी कुराकानी को क्रममा थाहा भयो , ४ जना छोराछोरीको बाबु  रहेछ, फोटो देखाउदै थियो। तर मैले कहिल्यै भेट्न आएको देखिन । धेरै पटक कुरा गर्ने जमर्को गरे तर शाहष आएन। शिरानिमा फोटो राखेर मर्यो ।

एक बिरामी ३० वर्ष पछि आफु उसको छोरी भयको दाबी गर्न आइपुगी। मृत्युलाइ कुरि रहको बाबु  delirium को अबस्थामा,  lawyer सहित  सम्पति आफ्नो हातमा पiर्ने दाउमा ।

एक बिरामी सधैभरि लेखिरहेको हुन्थो, पेन्सिल र ठुलो नोट बुक उसको सिरानी मुनि हुन्थ्यो । एक दिन मेरो मनमा कौतुहल जाग्यो र शोधि छाडे। Lottery जिति Milliners बन्ने ठुलो धोको रहेछ। अन्तिम दिन सम्म पनि lucky नम्बर  मिलौदा मिलाउदै मृत्यु  भयो ।

एक बिरामीले भन्यो म त् आज मर्छु कि केहो ? ब्रेकफास्ट   आफ़्तो हातले खादै थियो । बाथरूम  सम्म हिडेर गएको मेरो आखाले देखेको थियो ।  १ घण्टा  कुर्चीमा बसेको थियो। मैले सोधे किन तेस्तो कुरा गरेको , उसले भन्यो " मलाई तेस्तो अनुभब भयो । ३ बजेको  बेडमा  ढलेको थियो, कहिल्यै नउठट्ने गरि ।

कामको दौरानमा मेरो धेरै पटक यमराज संग जम्काभेट भएको हुनु पर्छ। कति पटक कोठा मा , ढोकामा , बाटोमा भेटे भयो होला , कति पटक बिरामीको ताना तान भयो होला । कति पटक यमराज लाई फिर्ता पठाए होला ,कति पटक  2-४ दिन  पर धकेली दिए होला । कति पटक यमराज लाई मेरै हातले बुझाए होला।

 मलाई राम्ररी थाहा छ यमराजले मलाई राम्ररी चिन्छ।  म संग यमराज  कति  रिसाएको वा खुशी छ उसले नै जानोस । तर म भने ऊ संग बिल्कुलै खुशी छैन । जब कसै लाई चाडै नै लगिदिए हुन्थ्यो भन्ने सोच्छु उनीहरूको दुख, पिडा देख्न र सहन सक्दिन  लिन आउने होइन, बिदामा गएको कर्मचारी जस्तो   ।

कहिले 2-४ दिन वा महिना ढिलो आइदिए पनि हुन्थ्यो भनि प्राथना गर्छु , टुपुक्क आइ पुग्छ सबै घर परिवारलाई रूवाउन न त कसैको सुन्छ, न त कसै को मान्छ निकै  कठोर र निर्दयी छ यमराज ।

एक दिन मेरो भेट यमराज  पक्कै हुनेछ , भेट भएको दिन उसको र मेरो भनाभन, घम्साघसीं पर्नेछ । हात  हालाहाल पनि पर्न सक्छ , मुक्का मुक्की पर्न सक्छ ।
म संग यस्ता धेरै प्रस्न हरु छन् जसको उसले चित्त् बुझ्दो जवाफ दिनु पर्ने छ ।

स्कुल र कलेज गएको बच्चाहरु लाई त्यही बाट टपक्क टिपी नास्ता बनाई कुरी रहेकी आमा लाई रूवाएको   प्रस्न !
रोजगारको लागि विदेश गएको युबकलाई   ट्याप पारी त्यहीबाट  लगि श्रीमति लाई बिधवा र बच्चावच्चीलाई टुहुरा टुहुरि गराएको प्रस्न !
स्टोर मा काम गर्दा गदै को कामदार लाई महिना मोरी  तलब बुझ्न नपाउदै झुक्याएर  लगि श्रीमति बाटो हेरी रहेको  प्रस्न !
एक ठाऊ बाट अर्को ठाउँ मा कैयैाँ सपना र भबिष्य बोकेर हेडेको बटुवाहरुलाई  एउटै  पोको परि गाऊ नै रूवाएको प्रस्न  !
आमाको काख मा खेलिरहेको बच्चा लाई बाझले झम्टिए जस्तो गरि झम्टी कोखै रित्याएको प्रस्न  !
अस्पतालमा रोग निको पार्न गएको बिरामी लाई तेहीँ बाट टपक्क टिपी श्रृणमा डुबाएको प्रस्न  !
म संग यस्ता धेरै  प्रस्नहरूको ठुलो  भकारी छ , जसको उसले एक एक गरि उतर दिनु पर्नेछ। बस भेट हुन त पाओस, मैले जानेको छु !

 कोलम्बिया, अमेरिका

,