२०७२ सालको 'पद्मश्री' पुरस्कार साहित्यकार नीलम कार्की निहारिकाको 'चीरहरण' लाई



राजेश्वर उदय
पाल्पा, तानसेन

खेतलाल- हरिकला लामिछाने प्रतिष्ठानले २०७२ सालको 'पद्मश्री' पुरस्कार साहित्यकार नीलम कार्की निहारिकाको कृति 'चीरहरण' लाई प्रदान गर्ने निर्णय गरेको छ |

यो बर्ष उक्त पुरस्कारको लागि रामलाल जोशीको कथा संग्रह 'ऐना', नीलम कार्की निहारिकाको उपन्यास 'चीरहरण', कुमार नगरकोटीको उपन्यास 'मिस्टिका', गिरिश गिरीको गैर आख्यान 'बिरगंज: मेरो शहरको कथा' र भूपिनको कविता संग्रह 'सुप्लाको हवाईजहाज' मनोनयनमा परेका थिए |

रु. २ लाख नगद पुरस्कार रहेको पद्मश्री पुरस्कार कोजाग्रत पूर्णिमाको दिन वितरण गर्ने गरिन्छ | खेतलाल- हरिकला लामिछाने प्रतिष्ठानले यो पुरस्कार २०६३ सालदेखि हरेक बर्ष एक उत्कृष्ठ साहित्य कृतिलाई प्रदान गरिदै आएको छ |

निहारिकाको कृति "चीरहरण" २०७२ सालको मदनपुरस्कारको लागि चयनमा परेको थियो ।

नेपालमा पाल्पा घर भएकी साहित्यकार निलम कार्की निहारिका अहिले अमेरिकामा बस्छिन र साहित्य सिर्जनामा सक्रिय छिन |







,