बडादसैमा रावणको पुतला दहन

महोत्तरी, २६ असोज । महोत्तरीको सदरमुकाम जलेश्वरमा मङ्गलबार राति बडादसैको अवसरमा रावणको पुतला दहन गरिएको छ ।

शङ्करचोक शिव तथा दुर्गा पूजा समारोह समितिको आयोजनामा रु दुई लाख १५ हजारको लागतमा ६० फिट लम्बाइ भएकोे रावणको पुतला निर्माण गरी रावण दहन गरिएको हो ।

सांसदहरु रामदयाल मण्डल र चन्देश्वर झाले सो धार्मिक कार्यक्रमको शुभारम्भ गरेपछि पूजा समितिका उपाध्यक्ष रोशन सिंह र जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत माघवेन्द्र चौधरीले रोकेटमा आगो लगाई रावण दहन गरेका हुन । कार्यक्रममा हजाराँैको जनसहभागिता रहेको थियो । रासस