नीरु न्यौपानेको ‘धन कमाउन परदेशैमा’ बजारमा (भिडियोसहित)


प्रबासमा रहेर पनि नेपाली लोक तथा दोहोरी गित संगीतमा मोह दर्शाउदै गीतकार नीरु न्यौपाने को ” धन कमाउन परदेशैमा ” लाई बिन्ध्यबासिनी म्युजिक प्रालिले हालै बजारमा पठाएको छ  ।  हाल अमेरिकामा रहेकी गीतकार निरु न्यौपानेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पहिलो पाइला चालेकी हुनाले नेपाली गित संगीतको क्षेत्रलाई नयाँ प्रतिभाको खाँचो मान्दै बिन्ध्यबासिनी म्युजिक प्रालिले उच्च प्रोत्साहन स्वरुप न्यौपानेको पहिलो सङ्गीतिक भेट ” धन कमाउन परदेशैमा ” सार्बजनिक गरेको हो । जति टाढा भए पनि आफ्नो देश र भेषको माया कस्लाई पो लाग्दैन र ! जति टाढा झन् माया गाडा भने जस्तै यति बेला रचनाकार न्यौपानेले सम्पूर्ण प्रबासी नेपालीहरुको यथार्थ कथा वस्तु सहित यो गित मार्फत आफ्नो देश सम्झन बाध्य पारेकी छिन ।
यो गित निक्कै लामो समयको अन्तराल पछी लोक दोहोरीका हस्तीहरु बिमल डागी र बिमा कुमारी दुराको आवाजमा गणेश चौलागाईको लय अनि नीरु न्यौपाने को शब्द मा यो गीत तयार भएको हो ।यस अगि बिमा कुमारी दुरा र बिमल डाँगीको आवाजले सजिएको लोक दोहोरी गित ” पानसमा बत्ति बालेको ” बोलको गीतले नेपाली लोक सांगीतिक क्षेत्रमा एउटा इतिहाँस कोर्न सफल भएको थियो ।बिसेस गरी नयाँ कलाकार लाई प्राथमकितामा राख्ने र विशिष्ठ ब्यक्तित्वहरु सङ्गको सम्मान पूर्वक सहकार्य मन पराउने सर्जक गणेश चौलागाइ को सम्योजनमा नयाँ गीत  ” धन कमाउन परदेशैमा ” बजारमा आएको हो ।अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीतको क्षेत्रमा पहिलो पाइला चालेकी नीरु , गणेश को प्राथमिकता मा परेकी हुन ।
गरिबी र दुखले गर्दा पर्देशिएका र  धन पैसाको लागी  जती नै गरेपनी दु :खी को दु: खमा कोही नभएको  फरक कथा बस्तुबाट गीतको सुरुवात गरिएको छ । नीरु न्यौपाने को सब्द र गणेश चौलागाई को लय तथा बिमल डागी र बिमा कुमारी दुराको आवाजमा रहेको यस गीतको म्युजिक भिडियो समेत छायङ्कन कार्य सम्पन्न भैसकेको छ । गत सोमबार भक्तपुरका बिभिन्न स्थान मा खिचिएको यस भिडियो मा देवीन्द्र छेत्री र रेश्मा के सि को अभिनय रहेको छ । अहिलेको लागि बिन्ध्यबासिनी म्युजिक प्रालिको आफ्नो युटुब च्यानलमा अडियोको रुपमा मात्र सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई कपिल लामाको निर्देशन र राजेश घिमिरेको छ्याङ्कनमा तयार पारिएको हो । बिन्ध्यबासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको यस गीतको म्युजिक भिडियोलाई  केहि दिनमै टेलिभिजनका पर्दाहरुमा देख्न  पाइनेछ ।

कठै भन्ने कोछर दुखीको परदेशैमा मर्नै परेपनी 

स्वर-बिमा कुमारी दुरा/बिमल डाँगी
शब्द-नीरु न्यौपाने 
लय-गणेश चौलागाई