जनसम्पर्क समिती जापान कान्तो क्षेत्र दशैं बिशेष सक्रियता बढ्यो

बिश्वबन्धु भण्डारी 
नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रको नियमित बैठक अक्टोबर २ आईतबार आकीहाबारा स्थीत ईन्डीयन रेस्टुरेन्ट मा सम्पन्न भएको छ। कार्यसमिती को बैठकले आगामी ३० तारीक  आईतबार लक्ष्मी पुजाको दिन नेपालीहरुको  महान पर्वहरु बिजयादशमी, तिहार, छठपर्व, नेपालसंवतको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

बिपी कोईरलाले थालनी गरेको मेलमिलापको नितीलाई जापानमा पनि निरन्तरता दिनको लागि कान्तो क्षेत्रले कार्यक्रम आयोजना गरेको हो। नेपाली काँगरेसले हरेक बर्ष कोजागरत पुर्णीमाको अवसर पारी गर्ने चियापान समारोहलाई जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले लक्ष्मी पुजाको दिन पारेर मनाउन लागेको हो। जनसम्पर्क समिती जापान कान्तो क्षेत्रले गर्ने चियापान कार्यक्रममा एनआरएन जापान, प्रत्यक राजनितीक दलका प्रवासी संस्था , प्रत्यक सामाजीक संस्था, जापानमा रोजगार ब्यबसाय , अध्ययन र अन्य भिजामा  रहने सबै नेपालीहरुलाई निमन्त्रणा गरेको छ।

नेपाली जनसम्पर्क समिती जापानको छैठौ अधीबेसनको क्रममा जनसम्पर्क समिती  केन्द्रमा बिभीन्न कारणहरुबाट देखीएको बिबादलाई जतीसक्दो छिटो बार्ता छलफल र संवाद मार्फत अन्त्य गर्दै समितीको एकतालाई बलीयो बनाउन पनि कान्तो क्षेत्रीय कमिटीले संयुक्त आह्वान गर्दै जापानमा रहेका ९ वटा क्षेत्रीय कमिटी सबैले एउटै आवाज निकालेर केन्द्रमा देखीएको बिबाद अन्त्य गर्न  दबाब दिन प्रत्यक क्षेत्रीय समिती समेतलाई आग्रह गर्ने निर्णय गरेको छ। घरभित्रको झगडाले बाहीर हसाउने काम भैरहेको,जनसम्पर्क समितीको बिबादको असरले भोलीका दिनमा जापानमा रहेका संघसस्थामा समेत असर पर्न सक्ने भन्दै कार्यसमितीका सबैले चिन्ता ब्यक्त गरेका थिए। प्रत्यक क्षेत्रीय कमिटीको अवाजलाई एउटै बनाउन कान्तो क्षेत्रीय कमिटीले समन्वय गर्न तिन सदस्यीय कमिटी बनाएको छ। कमिटीमा सभापती यदुराम सापकोटा ,उपसभापति एकेन्द्र थापा,र सचीब बिमानसिङ मोक्तान रहेका छन्।

त्यस्तै समीतीले नेपाल फेस्टीबलमा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रको तर्फबाट  फेस्टीबल आयोजक समितीसँग  स्वयमसेवकको भुमीकामा खटीने सबैमा धन्यबाद ब्यक्त गरेको छ। जापानमा रहेका हरेक राजनितीक र समाजीक संस्थाहरुसँग समाजीक कार्यहरुमा हातेमालो गर्दै अगाडी बढाउने जनसम्पर्क समिती जापानलाई राजनितीक क्रियाकलापमा मात्र हैन समितीलाई समाजीक क्रियाकलापमा अगाडी बढाउन प्रयास गर्ने कार्यसमितीले निर्णय गरेको छ।

त्यस्तै कार्यसमितीको तर्फबाट पहल गरी नेपालीबाट जापान  आई बिभीन्न समस्यामा परेका ब्यक्तीहरुको सहयोगार्थ आर्थीक संकलन गर्दा सहयोग गर्ने सहयोगीहरु प्रती हार्दीक धन्यबाद ब्यक्त गरेको छ। समितीले बैतडी जील्ला घर भई हाल जापान रहेका बिरामी खेमराज भट्ट लाई १५६१६६¥,रामेछाप बाट जापान आएर मृत्यु भएका रमेश तामाङको लागि ५१५००¥त्यस्तै रोल्पाबाट जापान आएर मृत्यु भएका शिवराज रोका मगरको लागि ३१६५५¥ सहयोग संकलन गरी हस्तान्त्रण गरेको थियो।

,