थाई नरेश भूमिबोलको निधन, एक वर्ष शोक मनाइने

बैंकक-विश्वकै लामो समय राजसिंहासन सम्हालेका थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको बिहीबार निधन भएको छ । उनी ८८ वर्षका थिए।  थाइल्यान्डको इतिहासमा पटकपटक भएका सत्ता विद्रोह प्रयासमा राष्ट्रिय एकता एवम् स्थायी शान्तिका लागि प्रजातान्त्रिक प्रयासमार्फत थाइल्यान्डलाई नेतृत्व दिएका नरेश भूमिबोल लामो समयदेखि बुढ्यौली र विभिन्न रोगले ग्रस्त उनी  थाइल्याण्डको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको थाई राजप्रासाद निकायले एक विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

पछिल्ला दुई वर्षमा धेरै समय उपचारका लागि उजलाई उक्त अस्पतालमा राखिएको थियो । उनको निधनको समाचार थाइल्यान्डको राष्ट्रिय टेलिभिजनमा पहिले श्यामश्वेत फोटो देखाइएपछि समाचार प्रस्तोतामार्फत घोषणा गरिएको थियो।

थाई नरेश भूमिबोलप्रति जनताको श्रद्धा साँचो रहेको थियो जुन राजा र प्रजाबीच सम्बन्धलाई सुमधुर राख्न बनाइएको संयन्त्रले गरेको सावधानीपूर्ण व्यवहारका कारण उहाँप्रति जनताको प्रगाढ माया रहेको बताइने गर्छ ।  राष्ट्रियताका रुपमा रहेर करिब सात दशक सत्तामा रहनुभउका दिवङ्गत थाई नरेशको मृत्युले राष्ट्रको भविष्यलाई अनिश्चित राजनीतिक भूमरीमा लानसक्ने कतिपय विश्लेषकको बुझाइ छ ।

एक वर्षसम्म शोक मनाइने
थाइल्यान्ड सरकारले उनको निधनपछि एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ । दिवङ्गत नरेश भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्ने जानकारी दरबार स्रोतले जनाएको छ।

लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उहाँको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् । 

,