चंगासगै उडेको मेरो खुशी -बिश्वबन्धु भण्डारी



बिश्वबन्धु भण्डारी 
धेरै भएको थियो आमालाई फ़ोन नगरेको | छुट्टिको दिन, शनिवार फ़ोन हानें । दुईटा घन्टी मै फोन उठाउनु भयो | मानौं आमा मेरो फोनको प्रतिक्षामा हातमा मोबाईल समातेर पिडीमा टुक्रुक्क बस्नु भएको थियो |

"के छ, सन्चै हुनुहुन्छ ?" मैले सोध्नासाथ आमाले,  "छोरा के छ ? भन्नु भयो |"

आमाले मलाई बोल्नै दिनु भएन | फेरी सोध्नु भयो, "कहिले आउने हो ? की काठमाडौँ आएर फोन गरेका हौ ? यता त धेरैका छोराछोरी आईसके | गाउँ त दशैंमय भईसक्यो |"

 मैले यो पटक नआउने कुरा भन्नु थियो त्यही भने | सिधै भन्न सकिन | सेल रोटि झैँ घुमाई घुमाई भने | एक दुई पटक त आमाले हँ ! , हो र !, साच्चै ! भन्दै हुनुहुन्थ्यो | पछि बोल्नै छोड्नु भयो | जब मैले मेरो फोनको निचोड सुनाएँ ,"आमा यो पटक नमिले पनि अर्को बर्ष त आईहाल्छु नी !" भने आमाको भरिएको मनबाट डाँको छुट्यो |

अनायसै मेरा आखाँवाटपनि इन्द्रावतीहरु उसैगरि ब्रगेलीन थाले सम्हालिन सकिन बोल्न खोज्दा खोज्दै पनि गलाहरु अवरुद्द भए फ़ोन काटिदिएँ ।

एऊटा भाडामा लिएको सानो कोठा कतै सामानहरु लथालिगं कतै कपडाहरु छिरल्ल कतै चामल पोखिएका त कतै कितावका खातहरु छन् | जसरी कपडाहरु लथालिगं थिए जिन्दगीपनि त्यस्तै लथालिगं छ |

एऊटै कोठामा तिनजना साथीहरु सुत्छौ | एउटा बाराको, एउटा गोर्खाको र म पाल्पाको ।

बाराको साथी उठेर राती २ बजे नै काममा जादाँ हामी सुतिरहेका हुन्छौ | ६ बजे म उठेर काममा जादाँ गोर्खाली साथी सुतिरहेको हुन्छ | म फर्केर आऊदाँ ऊनिहरु काममा हुन्छन, म काममा हुदाँ उनिहरु फर्कने गर्छन | सुन्छु अरु देशमा बस्ने नेपालीको पनि यहि हाल हो रे, जापानको बसाई पनि यस्तै छ | एउटै कोठामा बस्नेहरुको पनि भेटघाटै नहुने । सगैँ बसेर खाना खान नपाएकोपनि धेरै भयो कहिलेकाहि रमाईलो गर्न मन लाग्यो भनेपनि छुट्टिनै माग्नुपर्ने हुन्छ | मेरो छुट्टि मिल्दा उनिहरुको नमिल्ने उनिहरुको मिल्दा मेरो नमिल्ने ।

यो बर्षपनि कोठाभित्र एउटा कुनामा जमराले दशैको दिन कुरेर बसिरहेको छ अनि भित्तामा टासिएका नवदुर्गाका तस्विरहरुले आशिष दिन हतार गरिरहेका छन तर सगैँ बसेर साथीभाई टिका लगाउन पाईन्छ, पाईदैन अझै अत्तो पत्तो छैन | दशैंको दिनलाई मागेको छुट्टी आजका दिनसम्म कसैको मिलेको छैन | चार बर्ष भएछ दशैमा निधारमा टिका र जमरा नपरेको, ४ बर्षका प्रत्येक दशैमा आखाँ आशुले भिजेका छन् |

यस्तो वेला त यस्ता जापान सापान नवस्ने आफ्नै देश फर्कन्छु भन्ने भावनाहरु जागृत हुन्छ तर नेपाल फर्केरपनि के गर्ने ? आफ्नै बिज़नेस गरेर बसुँ बन्द हड्ताल चक्काजाम कसरी चल्छ ? अलिअलि भएको आम्दानीपनि नानाभातीका दुनिया पार्टीलाई चन्दा दिएरै सकिन्छ | जागीर खाऊँ पाऊदैन, झन् भबिष्यको चिन्ताले सताऊने । हरेक चोटी फ़ोन गर्दा आमाले सोध्नुहुन्छ : कान्छा कहिले आउँछस् घर ? मैले सजिलै जवाफ दिने गरेको थिएँ यो पालीको दशैमा त आउँछु होला , कति खुशी देखिनुहुन्थ्यो मेरि आमा छोरो आउने खवर सुनेर कहिले दशै आउला र छोरासगँ सगैँ बसेर दशै मनाऊँला भन्ने खुव प्रतिक्षामा बसिरहनुहुन्थ्यो बाटो हेरेर ।

 कठै बरा यसपालीपनि आमाका ईच्छाहरु तुहेर गए भन्नेहरुले त भन्थे प्रतिक्षाको फल मीठो हुन्छ तर मेरी आमाका लागि प्रतिक्षाको फल झन् झन् तितो हुदै गएको छ |
यसपाली पनि मेरो छुट्टी मिलेन घर जान । फेसवुक खोल्यो सवैका वालहरु विजयादशमी तथा शुभदिपावलीको शुभकामनाले भरिएका हुन्छन् | जापानवाटै रामले लेख्छन् : यसपाली घर जान नपाएपनि परदेशी भुमिवाटै भएपनि बिजयादशमीको शुभकामना । दुवईवाट सुन्दर दाईले लेख्छन् : यसपाली त यस्तै भो आमा अर्कों साल आऊनेछु दशैमा । अमेरिकावाट सुरजले लेख्छ : ३ बर्ष भएछ टिका नलगाएको यसपालीपनि निधार रित्तै हुने पक्का पक्कि । मुम्वईवाट जिवन लेख्छ : ८ बर्ष अघि हो परिवारसगँ सगैँ वसेर टिका लगाएको त्यसपछि प्रत्येक बर्ष निधार खालीनै छ ।

 हामी नेपाली पैसाका लागी परिश्रम बेच्न फरक फरक देशमा छिरेका छौ तर पिडाहरु भने उस्तै उस्तै । कहिलेकाहि त लाग्छ यि चार्डपर्वहरुपनि किन आऊँछन ? हामीलाई दुखि वनाऊन ! बल र वैश हुदाँसम्म अर्काको देशमा जब गाला चाऊरि परेर वैश र वल रित्तिन्छ अनि आफ्नै देश फर्कने यो कस्तो बेकारको ज़िन्दगी ! भनेको वेला कतै जान नपाईने, मन परेको खान नपाईने, कस्तो पिजँडाको जस्तो ज़िन्दगी, जेल ज़िन्दगी !

भाडाकै भएपनि महलमै वसेका छौ तर मनको शान्ति कहिल्यै नहुने | हररात गाऊँको यादले निन्द्रा बिथोलिरहन्छ । जगटेआँपमा पिगं खेलेको यादले सताउँछ | रिउडाडाको चौरमा बसेर तास खेलेको पलहरुले झस्काउछ | दशैको टिका थापेर ४/५ घन्टा उकाली चढ्दा चढ्दै मामा घर गएको वालापनको दिनहरुले मन विथोलिदिन्छ | चंगा उडाउदै खुव दौड़ियो, चोटहरु कति लाग्थ्यो कति तर कहिल्यै त्यसको प्रवाह भएन | चंगाले धेरै दौडायो | कहिले रौदिगैरातिर पुर्यायो त कहिले कालीको किनारतिर, कहिले कता कहिले कता खुव उड़ाइयो चंगाहरु उ वेला | आख़िर चंगाजस्तै उडेर जापान आउनु रहेछ र त उडाईएको रहेछ !

अचेल सम्झन्छु, उ बेला वाल्यकालमा खुशी हुदै चंगाहरु उडाईन्थ्यो, खुब खेलिन्थ्यो | आज लाग्दैछ,  चंगासगैँ हाम्रा खुशीहरुपनि त्यसैगरि उडेर गएका रहेछन् ! कहाँ गए ती खुशीहरु ? अचेल खोज्दैछु जापानका गल्लिहरुमा ।

वाल्यकालमा सगैँ चंगा उडाएको मेरो वालसखी सुरज अमेरिका पुगेको छ | उसलाई सोधेँ: ति चंगासगँ हामीले उडाएका खुशीहरु भेटिस् त ? उस्को जवाफ आऊँछ: अहँ कतै भेटिन, खोज्दैछु |

कतारमा पुगेको हरिलाई सोधेँ : खुशीहरु भेटिस् त ? उस्को पनि उहि जवाफ "अहँ भेटिन, खोज्ने क्रम जारी छ |"

अष्ट्रेलियामा पुगेकी मेरी साथी लक्ष्मीलाई सोधेँ : खुशी भेटेउ त ? उन्को पनि उहि जवाफ : "अहँ भेटीएन, खोज्दैछु ।"

हरेक साथीहरुको कथा जस्तै मेरो पनि उहि कथा छ | जापानका गल्लिहरुमा खुसी खोज्दै हिडिरहेको छु | कहिले भेटिन्छ थाहा छैन | भेटिन भेटिन लागेका खुशीहरुपनि कहिले आफ्नै नेपालीहरुले लुटिदिन्छन् | कहिले जापनिज कलेजहरुले लुटिदिन्छ त कहिले जापनिज कम्पनिहरुले । आख़िर ज़िन्दगी नै खुशी खोज्दै दौड़नु रहेछ ।

यसपालीको दशै पनि उहि खुशीहरु खोजेरै जाने पक्का पक्कि भएको छ | खुशीहरु खोज्दै विदेशीने परम्परा हाम्रो धेरै पहिलेदेखि चल्दै आएको छ | मेरा हजुरवुवाका पुस्ताहरु राणा शासन ढलाए तर नेताको सासन ढलाउन सकेनन् अनि रोजीरोटीका लागि बिदेशीय । मेरा वुवाका पुस्ताले ४६ सालमा अर्कों शासन ढलाए तर तिनै नेताहरुको सासन ढलाउन सकेनन् र उनिहरुपनि बिदेशतिरै हानिए | अनि मेरो पुस्ताले पनि ६२/६३ मा अर्कों निरंकुश शासन ढलायौ तर यिनै भ्रष्ट नेताहरुको सासन ढलाउन सकिएन म पनि  पासपोर्ट बोकेर विदेशिए ।

आजसम्म यस्तै चलिरह्यो बिदेश पठाऊने र बिदेसिने परम्परा । अव केहि साच्चै देश नै वनाउँछु भन्नेहरु निस्के भने त साथ दिनलाई फर्कुलाँ, तर यसैगरि कहिले महाकाली बेचिने कहिले कोशी वेचिने, कहिले देशको भाषानै बेच्न थाल्नेहरुले देश नवेच्लान भन्ने के नै ग्यारेन्टी रह्यो र ? हामी त यसैगरि विदेसिन बाध्य भयौ, अव हाम्रा छोरा पुस्ताहरु विदेसिन नपरोस् | मेरै पालामा नेपाल सम्बृद्द बनेर हाम्रा छोरा नातिहरुले देश मै रोज़गारी र आफ्नै बिज़नेस गरेको देख्न पाईयोस् | युवाका पसिनाहरु आफ्नै भुमीमा चुहाएर समृद्द भएको देख्न पाईयोस् |

मेरी आमालाई जस्तै फेरी कुनै आमालाई छोराछोरी विदेशबाट चाड मनाउन घर आउन पाएन भनेर रुन नपरोस |

अन्त्यमा, सवैलाई बिजयादशमी तथा शुभदिपावलीको शुभकामना ! जहाँ हुनुहुन्छ सुखी रहनु, खुसी रहनु, व्यस्त रहनु, स्वस्थ रहनु सवैलाई शुभकामना !

रामपुर १५ पाल्पा
हाल जापान

,