बिबेकसिल नेपालीका अध्यक्ष र "एन्टा" अध्यक्ष बिच तराइ मधेस समस्याका बारेमा छ्लफल


 " हामीले नगरे कसले गर्ने , अहिले नगरे कहिले गर्ने " भन्ने नारा सहित भ्रस्टचार मुक्त समुन्नत बिकसित  नेपालको पारीकल्पना बोकेर शिक्षित युवाहरु समावेस गरेर "बिबेसिल नेपाली राजनीतिक दल" गठन गरेर देस बिदेस सबैतिर तिब्र संगठन बिस्तार गरीरहेको बिबेकसिल नेपालीले  यो साता टेक्सासको डालासमा एक बिशेष कार्यक्रम गरेको छ । सोही अवसरमा बिबेकसिल नेपालीका केन्द्रिय अध्यक्ष उज्ज्वल थापा  र  तराइबासी नेपाली अमेरिकन को साझा सस्था  एन्टा का नवनियुक्त अध्यक्ष सुनिल कुमार साह बिच तराइ मधेसका वास्तबिक समस्याहरु र राज्यको दायित्व बारेमा छ्लफल भयो । अध्यक्ष साहले तराइ मधेसका समस्याहरु सिङो राष्ट्रको समस्या भएकोले तुरुन्त सम्बोधन गर्नु पर्ने कुरा अवगत गराउदै बिबेकसिल नेपाली मार्फत पनि नेपाली राजनीतिक पार्टीहरु ,नेपाल सरकार र नेपाली जनता लाई आग्रह गरिदिने बिषयमा छलफल भएको छ ।