रचनाकार बिरेन लिंदेनको पहिलो एल्बम 'पहिलो संम्बन्ध' अमेरिकामा विमोचन हुने


रचनाकार बिरेन लिंदेनको पहिलो एल्बम The First Relation (पहिलो संम्बन्ध) अमेरिकाको मेरिल्यांड राज्यमा यहि आउने अक्टूबर महिनाको २२ (October 22) शनिबारको दिन विमोचन हुने भएको  छ | छ वटा गीत रहेको उक्त एल्बममा अहिलेका चर्चित गायक गायिकाले स्वर दिएका छन |

जसमा राई ईच किंग राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई, तारा प्रकाश लिम्बु, महेन्द्र राई, भीषण राई र नव गायक मणि कुमार वान्तवा रहेका छन्। यस एल्बममा संगीत महेन्द्र राई र कुमार दुमी राईको रहेको छ।

रचनाकार लिन्देन अमेरिकाको बाल्टिमोरमा बस्दै आएका छन् |

 

,