प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुल्ला पत्र


सम्माननीय प्रधान मन्त्रीज्यू नमस्कार !

नेपालमा धेरै पटक ठुला ठुला परिबर्तन भए र परिवर्तन पश्चात धेरै ठुला उपलब्धि पनि भए तर त्यो उपलब्धि संस्थागत हुन नसक्दा त्यसको प्रत्यक्ष असर आम नेपाली जनताले सामना गर्नुपपरिरहेको र अहिलेसम्म पनि सामना गर्नु परिरहेको छ । नेपालमा २०४६ साल पश्चात विकासात्मक, व्यवस्थागत, विनाशात्मक र हिंसात्मक घटनाहरुको कारण परिवर्तन भएको छ।

यहाँ पनि त्यही उपलब्धिहरुमध्ये हिंसात्मक र विनाशात्मक घटनाहरुको जगमा टेकेर प्राप्त उपलब्धी भन्दै नेपालको कार्यकारी प्रमुख बन्नुभयो । यहाँ प्रधानमन्त्री हुँदै गर्दा अबसर र चुनौती धेरै थिए तर पनि नेपाली जनतामा तपाई प्रति आशा र बिश्वास कमै थियो।

तपाईवाट अबस्य नेपाल र नेपालीले दिगो शान्ति र परिबर्तनको अपेक्षा गर्नु कदापी नराम्रो होईन। अझ तपाईका भरौटेहरुले प्रधानमन्त्री भएपछि आकाश नै खस्छ धर्ती नै भासिन्छ जस्तो नि गरे तर उपलब्धि आजसम्म पनि शून्यको शून्य नै छ।

यहाँलाई अबस्य पनि सबै कुराको जानकारी हुनुपर्छ। हजारौं सहीदको खुनले नुहाएर हजारौं जनताको बिल्लिबाठ बनाउदै सयौ आमाको सिन्दुर पुछेर, चुरा फुटाउदै अनि अबोध नाबालकलाई टुहुरा टुहुरी बनाउदै आएको परिवर्तन के प्रत्येक नौ महिनामा प्रधानमन्त्री बनाउन र सिंहदरबारमा एक दुई थान फोटो झुन्ड्याउन मात्र हो र?

संबिधान बन्यो कार्यान्वयन कहिले हुन्छ ? २०६२/६३ को जन आन्दोलन दवाउने मूख्य नायक, तत्कालीन मूख्य सचिव लोकमान सिंह कार्कीलाई तपाइकै दवावमा अख़्तियारको प्रमुख आयुक्त वनाउनु भएको हैन र ? अनि सर्वोच्च अदालतले दोषी ठहर गरेको बालकृष्ण ढुंगेललाई कानुन वमोजिम सजाय दिने काम कार्यपलिकाको हो कि होईन भन्नुहोस, त्यस अपराधीले कहिले सजाय पाउछ ? कुनैपनि राष्ट्र विकासमा कम र वढी, भुगोलमा सानो र ठूलो हुन सक्छ तर राष्ट्रीय स्वाभिमान र सार्वभौमिकता सवैको समान हुन्छ। अनि किन तपाईलाई राजदूत सरहको हैसियतको व्यवहार छिमेकिले देखाउदा पनि मौन वस्नुहुन्छ ?

कैलाली घटना साच्चिकै राजनैतिक घटना थियो भने त्यसका अभियुक्तलाई किन नेपाल झिकाएर नेपालमै भेट्नु भएन र छिमेकी देशको कुनै होटलमा भेट्नु भयो ?

मधेसमा मौसमी गर्मी भन्दा राजनैतिक गर्मी बढेको थियो जुन छिमेकीको इशारामा भएको हो समस्याको समाधान भारतसँग झुक्दैमा भयो?

२०७२ बैशाख १२ को महाबिनासकरी भुकम्पले उठिबास लगाएका जनता हावाहुरी चल्दा त्रिपाल समाएर बस्नु परेको छ। पानी पर्दा ओत नदिने भै सक्यो त्रिपाल प्वाल परेर कहिले बस्न पाउँछन? आफ्नो न्यानो घरमा बर्ष बितेपछी घर निर्माण सम्झौता हुदैछ तैपनि सुस्त गतिमा। एक पटक त्यी भुकम्प पीडितको ठाउमा यहाले आफू र आफ्नो सन्ततिलाई राखेर हेर्नुस त यहाँलाई के निन्द्रा लाग्ला ?

केही आशाका साथ जनताले जिताएर यहालाइ यो देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुर्याए तर यहाले धेरै जनताले आरोप लगाउन थालीसके।

प्रधानमन्त्री ज्यु २१औं सताब्दिका जनता के १७औं सताब्दीका जस्तै केहि नजानेको जस्तो सोचेर सवै काम भएको हो भने मन्त्रि ज्यु जनता धेरै सचेत र शिक्षित भैसकेका छन सोचेर काम गरिदिनु होला।

जनताको पसिनाले तिरेको करबाट यहाँले जम्बो टोलि बिदेश भ्रमण लैजानु हुन्छ त्यही करबाट आफ्नो तलब भत्ता र सुसारे पाल्नु भएको छ तर त्यही पसिना बगाउने परिश्रमी जनताको मर्म बुझ्न सक्नु भएको छैन है ? के हामी नेपालको देश्रो दर्जाको नागरिक हौ र ? अहिले नेपालीहरुको महान पर्व वडादशै मुखैमा आएको मौका छोपी यातायात व्यवसायीले मनपरी भाड़ा असुल्दै छन भने व्यापारीहरु कालोवजारी र मूल्य वृद्धिमा तल्लिन छन | त्यसको अनुगमन र कारवाही गरेर जनतालाई राहत कहिले दिनुहुन्छ?

तपाइँसंग सार्बजनिक रुपमा प्रश्न गर्न पाउनु मेरो नैसर्गिक अधिकार हो | नागरिकका रुपमा करोडौं नेपालीको प्रश्न पनि हो | सबै प्रश्नको जबाफ कुनै अनलाईनमा लेखेर त दिन सक्नु हुन् र दिनुहुन् तर ब्यबहारबाट नै दिनु भए सम्पुर्ण जनता आभारी हुने थियौ ।
   
गोविन्द कोईराला
    भर्जिनिया अमेरिका

, ,