अमेरिकाको बाल्टिमोरमा चलचित्र परदेशी दोस्रो पटक प्रदर्शन हुने


बाल्टिमोर / सेप्टेम्बर २९

अमेरिकाको बाल्टिमोरमा नेपाली कथानक चलचित्र परदेशी दोस्रो पटक यहि सनिवार प्रदर्शन हुने भएको छ |

बाल्टिमोरमा रहेको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको हलमा उक्त चलचित्र प्रदर्शन हुने छ | चलचित्रका निर्देशक नारायण रायमाझी स्वयं सो कार्यक्रममा उपस्थित हुनुहुने छ |

प्रदर्शनको चाजोपाजो चर्चित लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापाले गर्नु भएको हो | चलचित्रका निर्माता रायमाझी संगै बसेर चलचित्र हेर्न पाउने यो अवसरको सदुपयोग गर्न आयोजक थापाले आग्रह गर्नु भएको छ |

 नेपाली दर्शकले २०७२ सालमा सर्बाधिक मन पराएको यो चलचित्र हेर्ने अवसर नछुटाउन पनि आयोजकको आग्रह छ |

अहिले यो चलचित्र देश विदेशमा अति नै मन पराईएको चलचित्र हो | विदेश जानु पर्ने नेपालीको बाध्यता र बिदेशीएपछि भोग्नुपर्ने पीडाको यथार्थ चित्रण चलचित्रले गरेको छ | विदेश बस्नेहरुले यो चलचित्र एक पटक हेर्नै पर्ने चलचित्र समिक्षकहरुको भनाई छ |

गत बर्षको दशैंको कोशेलीका रुपमा रायमाझीले यो चलचित्र बजारमा ल्याउनु  थियो |

बरिष्ठ संगीतकार र लोक गायकका रुपमा ख्याती प्राप्त रायमाझीले अघिल्लो चलचित्र 'गोर्खा पल्टन' को सफलतापछि 'परदेशी' को निर्देशन गर्नु भएको हो | चलचित्र परदेशीमा गोर्खा पल्टनकै मुख्य कलाकार तथा इन्डियन आईडियल प्रशान्त तामांगले प्रमुख भूमिका निभाएका छन् |