लोकदोहोरी गायक बद्रि पंगेनीलाई कोरियामा सम्मान


  दक्षिण कोरियाको छाङवन स्थित बहुदेशिक बहुसांस्कृतिक कार्यक्रमको लागि नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आईपुग्नु भएका राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष तथा लोक दोहोरी गायक बद्रि पंगेनीलाई दक्षिण कोरियामा सम्मान गरिएको छ |

 दक्षिण कोरियामा रहेको संस्था नमस्ते पाल्पा परिवारले पंगेनीको सुवन स्थित स्वयम्भु रेष्टुरेण्टमा भब्य सम्मान  गरेको हो |


बिदेशको ब्यस्त समयका बाबजुद पनि
नेपालीहरुको बाक्लो उपस्थितीमा गरेको कार्यक्रममा प्रमुख अतिथिबाट बोल्दै  बरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनीले यसरी प्रदेशी भुमिमा पनि एकजुट भई  पाल्पालीहरुले खोलेको संस्थाबाट सम्मानित हुन पाउदा सार्है खुशि लागेको कुरा ब्यक्त गर्नु भयो | उहाँले संस्थाको प्रगतिको कामना गर्नुका साथै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्ष भएपछि बिदेशमा यो सम्मान  पहिलो रहेको पनि बताउनु भयो |

 "संस्थाले लगाएको यो गुण कदापि भुल्दिन" गायक पंगेनीले भन्नुभयो |

यस्तै अतिथिहरु नमस्ते पाल्पा परिवारका सल्लाहकार राजु रसाली र ओएनएफ दक्षिण कोरियाका अध्यक्ष शालिक बस्यालले लोक गितमा देखिएका बिकृति बिसंगतिलाई हटाउन सुझाब दिनुहुदै संस्थाभित्र रहुन्जेल  राजनितिबाट टाढा रहि शुद्ध लोकगितमा रहन सुझाब दिनुभयो । 

त्यस्तै, संस्थाका अध्यक्ष तथा सम्मान कार्यक्रमका अध्यक्ष सुशिल गाहा मगरले बिदेशमा रहेर पनि पाल्पाली कलाकारहरु लाई सम्मान गर्न पाउनु खुशिको कुरा भएको बताउदै भर्खरै राष्ट्रिय दोहोरी गीत प्रतिस्ठानको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गायक बद्री पंगेनीले मिठो गित पस्कदै उपस्थित सबैलाई मनोरंजन दिदै सबैलाई कम्मर मर्काई मर्काई नचाउनु भईको थियो।

उक्त कार्यक्रम संस्थाका सचिब मदन कुमार थापाको स्वागत मन्तब्य र सदस्य कपिल कार्किको संचालानमा सम्पन्न भएको थियो |