पानी भर्न जाँदा हात्तीले कुल्चेर मृत्यु

वारा २६ असाेज। मंगलवार वारास्थित गडीमाई नगर पालिका वडा नं. १६ को टाँगिया वस्तीमा हात्तीको आक्रमणबाट कैलाश योञ्जन नामका एक युवकको मृत्यु भएको छ । 

विहानी समयमा कुवामा पानी भर्ने क्रममा निज युवकलाई हात्तीले कुल्चेर मारेको हाे। 

मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक श्री गणेश झाका अनुसार सो घटनाबाट पीडित परिवारलाई किरिया खर्च स्वरूप केही रकम जिल्ला वन कार्यालय, वारामार्फत उपलव्ध गराउने र अन्य सहयोगका सम्बन्धमा वन्यजन्तुबाट हुने नोक्सानी सम्बन्धी राहत निर्देशिका बमोजिमका प्रकृया र कागजातहरु पूरा हुने वित्तिकै पीडित परिवारलाई राहत उपलव्ध गराउनेतर्फ कारवाही भैरहेको छ ।